लोक कला र परम्पराको प्रस्तुतिसितै भुसुक किरावा समितिको प्रथम स्थापना दिवस पालन

WhatsApp-Image-2024-03-10-at-20.10.28.jpeg

गान्तोक: पूर्व सिक्किमको सियारी निर्वाचन क्षेत्र अन्तर्गत पर्ने भुसुकको राई गाउँमा भुसुक किरावा समितिको प्रथम स्थापना दिवस भव्यताको साथमा पालन गरियो। किराँत राई समुदायको रितिथिती लोक संस्कृति र परम्परालाई जगेरा गर्ने उद्देश्यको साथमा एक वर्षदेखि लगातार रूपमा विभिन्न जागरूकता अनि शिक्षामूलक कार्य गर्दै आएको समितिले स्थापना दिवसमा आफ्नो कार्यको सराहना पाउने ठाउँ बनाएको छ।  राई थुतुरी मुन्दुम समितिका अध्यक्ष देवीराम राई मुख्य अतिथि रहेको कार्यक्रममा अखिल किराँत राई संघ युवा अध्यक्ष मोहन राई, साहित्यकार तथा पत्रकार प्रवीण खालिङ साथै स्थानीय वरिष्ठ नागरिक, विभिन्न व्यक्तिहरू विशिष्ठ अतिथिको रूपमा उपस्थित रहेका थिए।

मुख्य अतिथि र अन्य अतिथिले परम्परागत पुजा अर्चना गरेर शुरु गरिएको कार्यक्रममा एक वर्षको कार्यकाल पुरा गरेको खुसी मनाउँदै केक काटेर सबैलाई बधाई दिने कार्य गरियो। भुसुक किरावा समितिका अध्यक्ष पदम खालिङ राईले समिति गठन गरेर लोक संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्ने र उनीहरूमा जातिको उत्थान प्रति चासो बढाउने कार्य गरिरहेको बताए। उनले यसको निम्ति प्राप्त सहयोगहरू महत्वपूर्ण रहेको जसले गर्दा युवाहरू जाति,भाषा र संस्कतिप्रति जागरूक गराउने कार्य गरेको बताए। भुसुक भनेपछि पाकिमबाट चनमारीसम्मको क्षेत्रलाई समेट्ने भएको कारण यस क्षेत्रका किरावाहरूले यो समिति मार्पफ आफ्नो भाषा परम्परा र संस्कृतिको उत्थानको निम्ति अघि आउनु पर्ने आह्वन पनि गरे।  समितिका उपाध्यक्ष विदिषा राईले स्वागत सम्बोधन गरेपछि आरम्भ भएको औपचारिक कार्यक्रममा सन्ध्या राईले समितिको गतिविधि र कार्यहरूको विस्तारमा जानकारी दिइन्। महासचिव बुद्धिराज राईले समितिले आफ्नो जातिको परम्परा संस्कृति र रितिथितीलाई संरक्षण गर्ने प्रयास गरिरहेको अनि भावि कार्ययोजनाहरू पनि रहेको अनि यसलाई निरन्तरता दिने बातए।

कार्यक्रममा मुख्य अतिथिको सम्बोधन राख्दै देवीराम राई (माङ्पा)ले भुसुक किरावा समितिले गरेको कार्यले सिक्किम भरिका किरावा समुदायमा सकरात्मक सन्देश गएको बताए। उनले यो समितिले गरिरहेको कार्यले अन्य ठाउँलाई पनि उदाहरण बनेको तथा यहाँका कार्यकर्ताहरूले तन मनले गरेको कार्यमा पारूहाङ र सुम्निमाको आर्शिवाद पक्कै रहेकै कार्य सबै कार्यहरू सफल भइरहेको बताए। उनले भुसुक किरावा समितिको कार्यको प्रशंसा गर्दै यस्ता जाति संस्कृति परम्पराको जगेराको निम्ति सचेताना आउनु महत्वपूर्ण कुरा रहेको बताउँदै भुसुक किरावा समितिलाई बधाई दिए। उनले राई थुतुरू मुन्दुम संरक्षण समितिले गर्ने सहयोग र योगदान निरन्तर जारी राख्ने बताउँदै एक वर्षको अवधिमा समितिले गरेको कार्यहरू अतिनै प्रशंसानिय रहेको बताए। कार्यक्रममा शितकालिन विदामा कार्यशाला गरेर परम्परागत लोक नृत्य सिलीको रोचक प्रस्तुतु स्थानीय युवा कलाकारहरूले प्रस्तुत गरेका थिए। यसै गरि सहभागि मुख्य अतिथि विशिष्ट अथितिगणलाई स्मृति चिन्ह प्रदान गरेर सम्झना ताजा राख्ने प्रयासस गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *