भाजपा अनुसूचित जाति मोर्चाको समन्वय सभा सम्पन्न

n590401854171008501681545f86a64a9d4ddb48fbf205da984bc711db69568f5c5600cde73d133c3c77f5b.jpg

गान्तोक: भारतीय जनता पार्टी, अनुसूचित जाति मोर्चाको समन्वय सभा आज सिङ्तामस्थित प्रदेश कार्यालयमा सम्पन्न भयो। यस अवसरमा पार्टी प्रदेश उपाध्यक्ष दिनेशचन्द्र नेपाल, पीएस सुब्बा, महामन्त्रीद्वय भरत दुलाल, अर्जुन राई, एससी मोर्चा अध्यक्ष बिरेन्द्र पौड्याली अन्य मोर्चा अध्यक्ष साथै कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

सभामा मोर्चाको आगामी चुनाउलाई लिएर भावी रणीतिहरूबारे व्यापक चर्चा परिचर्चा भएको थियो। यस क्रममा अध्यक्ष पौड्यालीले अहिलेसम्मका विविध गतिविधिहरूबारे सभालाई जानकारी गराएको प्रदेश भाजपाले आज जारी एक प्रेस विज्ञप्तिमा बताएको छ।

सभालाई सम्बोधन गर्दै सभाध्यक्ष दिनेशचन्द्र नेपालले एससी समुदायको निम्ति केन्द्र सरकारका विविध योजनाहरूमाथि प्रकाश पार्दै एससी मोर्चाले आफ्नो समुदायका लाभार्थीहरूलाई उक्त लाभको पहुँच सुनिश्चित गर्ने दिशामा काम गर्नुपर्ने बताए।

यसै गरी भर्खरै पार्टीमा सामेल भएका सामाजिक कार्यकर्ता पासाङ ग्याली शेर्पाले एससी समुदायका विविध अधिकारहरूबारे ऐतिहासिक पाटोलाई केलाउँदै मोर्चालाई विभिन्न सुझाउहरू पेश गरेका छन्।

सभालाई उपाध्यक्ष पीएस लिम्बू, महामन्त्री अर्जुन राई, राज्य सचिव देवीमाया बराइली, व्यापारी मोर्चा अध्यक्ष विरेन्द्र प्रसाद, एससी मोर्चा उपाध्यक्ष पहलमान कामीलगायत अन्यले पनि सम्बोधन गरेका थिए भने भर्खरै पार्टीमा सामेल भएका रम्फू निवासी भुपाल बराइलीलाई पनि स्वागत जनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement