दार्जीलिङ: अन्ततः दार्जीलिङ संसदीय क्षेत्रको लागि तृणमूल कंग्रेसको प्रार्थी बने गोपाल लामा। आगामी लोकसभा चुनावक लागि आज कोलकोताबाट तृणमूल कांग्रेसले जारी गरेको प्रार्थीहरूको सूचीमा दार्जीलिङ संसदीय सिटको लागि गोपाल लामाको नाम रहेको छ। उनी केही समय अघिदेखि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका थिए अनि उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको हरेक कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागिता दिन्दै आएका थिए। पहाड़को सत्तामा रहेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तृणमूल कंग्रेसको गठबन्धन दल हुन्। गोपाल लामाको नाम दार्जीलिङ संसदीय सिटको लागि तृणमूल कंग्रेसको प्रार्थी घोषित भएका छन्। उनी दार्जिलिङ सिटबाट आगामी लोकसभा चुनावको लागि घोषित पहिलो नाम हो। अब भारतीय जनता पार्टीले नाम घोषणा गर्न बाँकी रहेको छ भने कंग्रेस र अन्यले पनि घोषणा गर्न सक्ने सम्भावना देखिएको छ। यसको साथै दार्जिलिङ संसदीय सिटको लागि पहाड़को विपक्षी पार्टीहरूले पनि बेग्लै प्रार्थी घोषणा गर्ने सम्भावना देखिएको छ।









