खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकाे धारावाहिक रूपमा भइरहेको मिशन जागरण अन्तर्गत खरसाङ टाउन कमिटीकाे तत्वावधानमा वार्ड नम्बर एककोे भिक्टोरिया ग्राम सुधार समिति भवनमा सभा सम्पन्न भयो। सभाकाे अध्यक्षता भिक्टोरिया ग्राम सुधार समितिका सचिव ब्रिगेन गुरुङ(नगरपालिका प्रशासक)ले गरेका थिए। सभाकोे सञ्चालन टाउन कमिटीका कार्यवाहक सचिव बिरबल पाखरीनले गरेका थिए। उनले उपस्थित पार्टीका नेतृत्वगणसँग परिचय गराउँदै सबैलाई स्वागत जनाएका थिए। यसै अवधि सर्वप्रथम वार्डलाई प्रतिनिधित्व गर्ने भागोप्रमो वार्ड नम्बर एकका प्यारेन्ट्स बडीका पूर्व सभापति स्व क्याप्टन कुमार गुरुङ अनि सचिव स्व निर्मल प्रधानलाई एक मिनटकाे मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरियो। सभामा वक्तव्य राख्ने क्रममा टाउन कमिटीका कार्यवाहक अध्यक्ष सन्दीप बलले मिशन जागरण विषय लिएर जागरुक गराउँदै बीजेपी सरकारले ढाँटकोे राजनीति गरेर पहाड़का जनतालाई भ्रमित गर्दै आएको छ र यस्तो कोल्टे राजनीति गर्नेहरूसँग जोगिनुपर्छ भनी बताए। नारी शक्ति सदस्य सबिता कार्कीले नारी सशक्तिकरण लिएर उपस्थित नारीहरुलाई सम्बोधन गरिन्। खरसाङ महकुमा समितिका अध्यक्ष सुवास प्रधानले अनित थापाले पहाड़का जनताकाे हितमा लिएको निणर्य फलस्वरूप नै आज पहाड़ शान्ति छ औ उनकाे नेतृत्त्वमा आज पहाड़मा विकास भईरहेको छ भनी बताए। पञ्चायत व्यवस्था, एसएससी, आईटी हब जस्ता विकासमूलक योजनाहरू राज्य सरकारसँग मिलेर ल्याउन अनित थापा सफल भएको बताए। श्रमिकहरुकाे हितको निम्ति श्रमिक भवनकोे निर्माण भई रहेको अवगत पनि प्रधानले गराए। बीजेपी सरकार केन्द्रमा हुँदा हुँदै पनि एघार जातिलाई जनजातिमा अन्तर्भुक्त नगरेकोमा सरकारको निराशजनक कार्यको विरोध जनाए। ब्रिगेन गुरुङले जीटीए चुनाउमा नगरपालिका क्षेत्रमा पर्ने वार्डहरुमा सबैभन्दा अधिक भोट वार्ड नम्बर एकबाट पाएको बताए। भिक्टोरिया ग्राम सुधार भवनकोे पुनः निर्माण लगायत हुडको क्वार्टरमा बसोबास गर्ने ती महानुभावहरु जसको सरकारी मापदण्ड अनुसार सरकारी प्रक्रिया पूर्ण हुने बेनफेसरीहरूले चाँडै घरको कागजपत्र पाउने जानकारी गराए। टाउन कमिटी सयोजिका देवकी प्रधान सुब्बाले सभालाई सम्बोधन गर्दै वार्ड नम्बर एकका नारी शक्तिलाई अझै बलियाे बनाउनकाे निम्ति तीनजना संयोजिका क्रमैले भिक्टोरिया पाखाबाट पूर्णिमा थापा, सेक्शन पाखाबाट बन्दना साङपाङ अनि सेनोटोरियम हुडको क्वार्टर बंगला पाखाबाट कोमल तामाङलाई चयन गरियो। चयन गरिएका नारीहरुलाई खदा लगाएर स्वागत जनाइयो। सभामा टाउन कमिटी प्यारेन्ट्स बडीकाका सल्लाहकार भोला राउत, कोषाध्यक्ष राजेन प्रधान, कार्यकारिणी सदस्यहरू रमोद गुरूङ, विकास तामाङ, महिपाल खाती, पासाङ योल्मो, युवा शक्तीका अमित थापा उपस्थित थिए भनी प्रचार प्रसार सचिव सञ्जय राउतले जानकारी दिएका छन्।









