शाेनितपुरमा १,३७० करोडको विभिन्न परियोजनाहरूको लोकार्पण एवं शिलान्यास

3590011-35.webp

शाेनितपुर(असम): मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले जिल्लाको बरसला विधानसभा क्षेत्र अन्तर्गत सितलमारीमा मोडल आवासीय विद्यालयको उद्घाटन गर्नका साथै ५० मेगावाटको सौर ऊर्जा परियोजनाको पनि भूमि-पूजन गरे।

मुख्यमन्त्रीले जिल्लामा मोठ १,३७० करोड़ रुपियाँका विभिन्न नयाँ परियोजनाहरूलाई मानिसहरूप्रति समर्पित गरे तथा थोरै समयमै पूरा हुने कतिपय परियोजनाहरूको शिलान्यास गरे। मुख्यमन्त्री डा. सरमाले आशा व्यक्त गरे, यी परियोजनाहरूको वास्तविक कार्यान्वयनले शोणितपुर जिल्लासँगसँगै सारा राज्यका मानिसहरूको विकासमा महत्वपूर्ण योगदान पुऱ्याउनेछन्।

डा. सरमाले शोणितपुरका मानिसहरूलाई उनीहरूको कल्याणको निम्ति दुईवटा परियोजनाहरू समर्पित गरे। यस अवसरमा मुख्यमन्त्रीसित राज्य सरकारका मन्त्री अशोक सिंघल, सांसद पल्लव लोचन दास, गणेश लिम्बू समेत अन्य गणममान्य व्यक्तिहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement