नयाँ दिल्ली: धर्मशालामा ईंग्ल्याण्डलाई ईनिंग्स र ६४ रनले पराजित गरेपछि रोहित शर्माको कप्तानीमा रहने टीम इण्डियाले आईसीसीको तीनैवटा प्रारूपमा शीर्ष ऱ्याङकिंग हासिल गर्नको साथै आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) पोइण्ट्स टेबलमा पनि शीर्ष स्थान हासिल गऱ्यो। यस उपलब्धिलाई हासिल गर्ने भारत विश्वको पहिलो टीम अनि रोहित पहिलो कप्तान हुन्। यसअघि गत वर्ष फरवरीमा पनि भारतले तीनैवटा प्रारूपमा शीर्ष स्थान हासिल गरेको थियो जबकि रोहित यस्तो गर्ने पहिलो कप्तान बनेका थिए। भारतले ईंग्ल्याण्डलाई टेस्ट सीरीजमा ४-१-ले पिटेर आईसीसीको नवीनतम टेस्ट ऱ्याङकिंगमा अष्ट्रेलियालाई पछि छोड़ेर शीर्ष स्थान हासिल गरेको छ। भारत डब्ल्यूटीसी टेबलमा अगावै शीर्षम रहेको छ। अब अष्ट्रेलिया र न्यूजील्याण्डबीच क्राइस्टचर्चमा जारी दोस्रो टेस्टको परिणाम जे भए पनि भारत शीर्षमा कायम रहनेछ। डब्ल्यूटीसी-को वर्तमान च्याम्पियन अष्ट्रेलियाले वेलिंगटनमा खेलिएको पहिलो टेस्टमा १७२ रनले जीत हासिल गरेको थियो अनि अहिले उनीहरू सीरीजमा १-०-ले अघि छन्।
आईसीसी टेस्ट ऱ्याङकिंगमा अहिले भारतसँग १२२ रेटिंग पोइण्ट्स रहेको छ। दोस्रो स्थानमा रहने अष्ट्रेलियासँग भारतभन्दा ५ पोइण्ट्स कम्ती रहेको छ। ईंग्ल्याण्ड १११ रेटिंग पोइण्ट्सको साथ तेस्रो स्थानमा रहेको छ। यसरी वनडे टीम ऱ्याङकिंगमा भारत १२१ रेटिंग पोइण्ट्सको साथ पहिलो अनि अष्ट्रेलिया ११९ पोइण्ट्सको साथ दोस्रो स्थानमा रहेको छ। यसरी टी२० इण्टरनेशनल ऱ्याङकिंगको शीर्षमा रहने भारतसँग २६६ पोइण्ट्स रहेको छ। यस प्रारूपमा ईंग्ल्याण्ड ३५६ पोइण्ट्सको साथ दोस्रो स्थानमा रहेको छ। दक्षिण अफ्रिका विरुद्ध टी२० सीरीज बराबरीमा समाप्त भएपछि भारत झरेर दोस्रो स्थानमा पुगेको थियो। त्यसपछि अष्ट्रेलियाले पाकिस्तान विरुद्ध तीनवटा म्याचको सीरीज क्लीन स्वीप गर्दा भारत पहिलो स्थानमा फर्किएको थियो। भारतले ईंग्ल्याण्ड विरुद्ध पाँचवटा टेस्ट म्याचको सीरीजअन्तर्गत हैदराबादमा खेलिएको पहिलो टेस्टमा २८ रनले हारको सामना गर्नु परेको थियो। त्यसपछि चाहिँ भारतले रहल चारवटा टेस्टमा लगातार जीत हासिल गरी फेरि आईसीसी टेस्ट ऱ्याङकिंगमा शीर्ष स्थान हासिल गऱ्यो।









