मोनोलिथ महोत्सवको समापन

मोनोलिथ

शिलङ(मेघालय): माउफ्लाङको खासी हेरिटेज गाउँमा तीनदिने मोनोलिथ महोत्सव शनिबार समापन भएको छ। केएचएडीसीले आयोजना गरेको महोत्सवमा खासी समुदायको समृद्ध संस्कृति, खानपिन, परम्परा र रीतिरिवाजको प्रदर्शनी गरिएको थियो। समापन दिनमा मनमोहक परम्परागत नृत्य प्रस्तुतिसहित आकर्षक प्रदर्शनी गरिएको थियो। शाद फाप क्वाइङ, शाद किविङ, शाद किसिङ, शाद किन्टुड, शाद ओट सियार, शाद सोह काबा, शाद पडिया, शाद किनरुप खाल, शाद फोरलगायतका प्रस्तुतिहरुले उपस्थितहरुलाई मनमोहक पारेको थियो। मंच सुर जिङ ना लिंगम, अहैया, पिन्चालाङ लिंगदोह मावफ्लाङ, लिली साभियन, ना यु बानाइ, बेनेडिक्ट हिन्निवाटा, डलारिटी र समरसाल्ट जस्ता चर्चित कलाकारहरूको भावपूर्ण धुनले भरिएको थियो। सो अवसरमा बोल्दै मुख्यमन्त्री कोनराड संगमाले जनतालाई आफ्नो पहिचान र समृद्ध सांस्कृतिक सम्पदाको स्मरण गराउन र विश्वलाई देखाउन दिनहुँ चल्ने परम्परागत बजार हुनुपर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement