खरसाङ खण्ड पञ्चायत समिति र खरसाङ खण्डको १४ वटै ग्राम पञ्चायतहरूको आयोजनामा विभिन्न विकास परियोजनाहरूको शिलान्यास

IMG-20240310-WA0153.jpg

खरसाङ: खरसाङ खण्ड पञ्चायत समिति र खरसाङ खण्डको १४ वटै ग्राम पञ्चायतहरूको आयोजनामा विभिन्न विकास परियोजनाहरूको शिलान्यास गरिएको छ। खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको दुई नम्बर बस्तीस्थित फूलबारीमा सम्पन्न एक कार्यक्रमबीच खरसाङ खण्डको विभिन्न क्षेत्रहरूमा हुने जम्मा २७ करोड़ ४० लाखको विभिन्न विकास परियोजनाहरूको एकैसाथ शिलान्यास गरिएको छ। विभिन्न विकास परियोजनाहरूमा १६ करोड़ ४४ लाख टायट फण्ड र १० करोड़ ९६ लाख अन टायट फण्ड गरेर जम्मा २७ करोड़ ४० लाखको रहेको जानकारी प्राप्त भएको छ। उक्त शिलान्यास कार्यक्रम खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्री प्रधानको अध्यक्षता र पञ्चायत समिति सदस्य भक्तिमान तामाङको सञ्चालनमा सम्पन्न भएको छ।

उक्त शिलान्यास कार्यक्रममा मुख्य अतिथिको रूपमा खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती उपस्थित रहेका थिए। यसै कार्यक्रममा सभाध्यक्ष खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु प्रधान र प्रमुख अतिथि खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्तीले संयुक्त रूपमा रिमोट कन्ट्रोलद्वारा शिलान्यास गरिएको छ भने खरसाङ खण्ड पञ्चायत समितिको सहकारी सभापति नारायण थापाको बाहुलीबाट नरिवल खुटाएर पूजा अर्चनासहित शिलान्यास गरिएको छ। उक्त शिलान्यास कार्यक्रममा स्वागत सम्भाषण पञ्चायत समिति सदस्य दावा वाङ्दी लामाले राखेका थिए भने १४ वटा पञ्चायत प्रधानहरूको पक्षमा सिटोङ ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान समीर कार्की, सभासदहरूको पक्षबाट मनोनित सभासद प्रणाम रसाईली, प्रमुख अतिथि खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती र सभाध्यक्ष अनु प्रधान छेत्री आदिले वक्तव्य राखेका थिए। कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि सम्पन्न गरिएको छ।

कार्यक्रममा अतिरिक्त खण्ड विकास अधिकारी फ्याङ्को लेप्चा, सभासदहरू कल्पना प्रधान, नवराज छेत्री, नुरी शेर्पा, परेश तिर्की, भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, भागोप्रमो केन्द्रीय सांगठनिक सचिव बिन्नी शर्मा नारी शक्ति केन्द्रीय सदस्या जैतुन निशा खातुन, खरसाङ खण्ड पञ्चायत समितिको सदस्यहरू, १४ वटै ग्राम पञ्चायतहरूका प्रधान, उप प्रधान र पञ्चायत सदस्यहरू र स्थानीयहरू उपस्थित रहेका थिए।

यस शिलान्यास कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ खण्ड पञ्चायत समितिको सहकारी सभापति नारायण थापाले विस्तृत रूपमा जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *