डुवर्स स्पोर्ट्स करॉंते एकाडेमीको छात्र-छात्राहरूले जीते स्वर्ण पदक

IMG-20220801-WA0182.jpg

वीरपाडा: गत ३० र ३१ जुलाईको दिन कोलकताको नेताजी इन्डोर स्टेडियममा अल इण्डिय सिसीकाय शिटो रिउ करॉंते डु फेडरेसनद्वारा आयोजित छैटौं अन्तर्राष्ट्रिय करॉंते च्याम्पियनसिप प्रतियोगितामा डुवर्स स्पोर्ट्स करॉंतेका खेलाडीहरूले कुल ६ वटा स्वर्ण पदक, ११ वटा रजत पदक अनि १२ वटा कास्य पदक जितेका छन्| भारतको प्रतिनिधित्व गर्दै उक्त एकाडेमीका २३ जना खेलाडीहरूले क्रमैले स्वर्ण, रजत अनि कास्य पदक जितेको बारे डुवर्स स्पोर्ट्स करॉंते एकाडेमीका संस्थापक सेन्सी अनिल लोहारले जनाएका छन्| उक्त करॉंते खेल प्रतियोगितामा भारत लगायत कुल १२ वटा देशहरूले अंशग्रहण गरेका थिए| इरान, पाकिस्तान, तुर्की, बङ्गलादेश, मेक्सीको,नेपाल, इटाली, दक्षिण अफ्रिका, भुटान, अफ्रिका, श्रीलङ्का आदि देशका खेलाडीहरूले अंशग्रहण गरेका थिए| भारतका प्रतिनिधित्व गर्ने पश्चिम बङ्गालको मदारीहाट खण्डका डुवर्स स्पोर्ट्स करॉंतेका खेलाडीहरूले ५ वटा स्वर्ण पदक, १० वटा रजत पदक अनि ९ वटा कास्य पदक तथा बीर बीरसा करॉंते एकाडेमीका खेलाडीहरूले १ वटा स्वर्ण, १ वटा रजत पदक अनि ३ वटा कास्य पदक जितेका छन्|
निस खटिकले कुमित ( फाइट) मा एक स्वर्ण पदक, कातामा एक कास्य पदक, प्रतिमा लामाले कातामा १ स्वर्ण पदक, कुमितमा १ कास्य पदक, ऋषिकेश उरॉंवले कातामा १ स्वर्ण पदक, आकाश शेर्पा लामाले कुमितमा १ स्वर्ण पदक, रीना कुमारी झाले कातामा १ स्वर्ण पदक, समीर असुरले कातामा १ स्वर्ण , कुमितमा १ रजत पदक प्राप्त गरेका छन्| काता अनि कुमितमा रजत अनि कास्य प्राप्त गर्ने खेलाडीहरूमा उदित भुजेल (रजत), दिपेसवरी मिन्ज दुईवटा कास्य पदक, छेवाङ तामाङ दुईवटा रजत पदक, शिव उराउँ दुइवटा कास्य पदक, उविसन छेत्री दुईवटा कास्य, उमित कुमार साहा, दुईवटा कास्य पदक,स्नेह विश्वकर्मा एक रजत, एक कास्य पदक रिसीता रोय दुईवटा रजत पदक, सन्तोना सोरेन एउटा रजत पदक, एविलोन सोरेन एउटा रजत एउटा कास्य पदक प्राप्त गरेको सेन्सी अनिल लोहारले फोन मार्फत जनाएका छन्| कुल २३ जना खेलाडीहरू लगायत स्वयम सेन्सी अनिल लोहार , सेन्सी विराज उराउँ अनि सेन्सी विशाल लोहार अन्तर्राष्ट्रिय स्तरीय पदकहरू जितेर कोलकताबाट भोलि आइपुग्ने सेन्सी अनिल लोहारले बताए|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *