नयॉं दिल्ली: गृह मन्त्री अमित शाहले आइतवार केन्द्रिय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) का जवानहरू र उनीहरूका परिवारहरूलाई स्थापना दिवसको बधाई दिएका छन्। गृह मन्त्रीले एक्समा भनेका छन्, एक शक्तिको रूपमा सीआईएसएफ साहस र देशभक्तिको प्रतीक हो, जसले देशका महत्वपूर्ण बुनियादी ढॉंचाको रक्षा गर्दछ र देशको विकास निर्बाध अगाडि बढाउन सुनिश्चित गर्दछ।
देशको सुरक्षाको निम्ति आफ्नो प्राण बलिदान गर्ने शहीदहरूलाई शत्-शत् नमन। उल्लेखनीय छ, देशको सबैभन्दा अत्याधुनिक सुरक्षा तकनीकले युक्त केन्द्रिय पुलिस बलले दिल्ली मेट्रो जस्तो महत्वपूर्ण राष्ट्रिय प्रतिष्ठानहरूलाई सुरक्षा प्रदान गर्दछ।









