अटोमा छोडेको ब्याग १२ घण्टाको अवधिमा दम्पतिले पाए फिर्ता

Untitled-7-1024x576.jpg

सिलगढी: एउटा दम्पतिले सिटी अटोमा छोडेको ब्याग सिलगढी थाना पुलिसले १२ घण्टाको अवधिमा उद्धार गरेर फिर्ता दिएको छ। प्राप्त जानकारी अनुसार हिजो बिहान मतिगढा निवासी मधु मण्डल स्वास्नी शीलासित कोलकाता जानको लागि मतिगढाबाट सिटी अटोमा चढेर भेनस मोड पुगे। यसपछि अटोको भाडा तिरेर दुवै दम्पतिले भुलवंश ब्याग अटोमै छोडेर गए। यसको केही क्षणपछि स्वास्नी मधुलाई ब्याग अटोमै छोडेको ज्ञात भएपछि दुवै दम्पतिले उक्त अटोको खोजी गर्न थाले। दुवैले अटो नभेटेपछि सिलगढी थानामा गएर ब्याग हराएको बारेमा अभियोग दर्ता गरे। अभियोगको आधारमा पुलिसले सीसीटीभी फुटेज हेरेर उक्त सिटी अटोको पहिचान गरेपछि कोर्ट मोड अटो ड्राइभर युनियनको सहयोगमा पुलिसले अटो चालकको पत्तो लगाए। युनियनका सदस्यहरूले हराएको ब्याग उद्धार गरेर पुलिसलाई सुम्पिदिएपछि पुलिसले उक्त दम्पतिलाई ब्याग सुम्पिदिए। यसरी हराएको ब्याग फिर्ता पाउँदा दुवै दम्पति खुसी भएर पुलिसलाई धन्यवाद दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement