सन्तोष ट्रफीमा सर्विसेज सातौंपल्ट च्याम्पियन

IMG-20240310-WA0106.jpg

यूपिया (अरुणाचल प्रदेश): सर्विसेजले रोमाञ्चक जीतको साथ ७७औं सन्तोष ट्रफी राष्ट्रिय फूटबल च्याम्पियनशीपको खिताब जित्यो। शनिवार साँझ यहाँको गोल्डन जुब्ली स्टेडियममा खेलिएको रोमाञ्चक फाइनलमा सर्विसेजले गोवालाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट म्याचको एकमात्र गोल शफील पीपी-ले ६८औं मिनटमा गरे। त्यसपछि गोवाले लगातार प्रयास गरे पनि गोल सुलाउन सकेन। यसरी सर्विसेजको टीमले टुर्नामेण्टमा सातौंपल्ट च्याम्पियन बन्ने गौरव हासिल गऱ्यो। सर्विसेजका गोलकीपर सयाद बिन अब्दुल कादिरलाई म्याचको सर्वश्रेष्ठ खेलाड़ी चयन गरियो। फाइनलमा राज्यका मुख्यमन्त्री पेमा खाण्डू र अखिल भारतीय फूटबल महासंघका अध्यक्ष कल्याण चौबे पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement