ड्रग्ससितै दुई ड्रग तस्कर गिरफ्तार

3589833-22.webp

बाक्सा(असम): बाक्सा जिल्लान्तर्गत सालबाड़ी आनन्द बजार पुलिस चौकीको काचुगाउँमा पुलिसले मादक पदार्थ सहित दुईजना युवकहरूलाई पक्राउ गऱ्यो। पुलिसले यस सम्बन्धमा प्राथमिकी दर्ता गरी अग्रिम कारबाही गरिरहेको छ।

पुलिस सूत्रले आज बताएको छ, आनन्द बजार पुलिस चौकीका प्रभारी पुलिस अधिकारी पुंगसत मुसाहारीको नेतृत्वमा पुलिस टीमले बितेको राती ड्रग्स विरोधी अभियान संचालन गऱ्यो भने अभियानको क्रममा सामुवागाति गाउँका रमन बसुमतारी (२४) र साओद्रभिठाका अंठाइबारी गाउँ निवासी सान कुमार दैमारी (१८)लाई पक्राउ गऱ्यो। दुवै युवक ड्रग्सको लतमा डुबेको बताइएको छ।

पुलिसले ड्रग्सखोर रमेन बसुमतारी र सान कुमार दैमारीबाट तीनवटा प्लास्टिकको कन्टेनर सहित २.५६ ग्राम ड्रग्स जफत गऱ्यो।

About Author

Advertisement