ईंग्लिश प्रीमियर लीगःआर्सनल र म्यानचेष्टर युनाइटेड विजयी

IMG-20240310-WA0111.jpg

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबलमा आर्सनलले जीतको क्रम जारी राख्दै शीर्ष स्थान हासिल गऱ्यो। यसरी म्यानचेष्टर युनाइटेडले पनि निराशाजनक प्रदर्शनको क्रमबाट मुक्ति पाउँदै जीतको लय हासिल गऱ्यो। आर्सनलले शनिवार राति खेलिएको म्याचमा ब्रेण्टफोर्डलाई २-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ७२ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनललाई डेक्लान राइसले १९औं मिनटमा बढ़त दिलाए। त्यसपछि योआन विस्साले मध्यान्तरको ठीक अघि (इ़्ज्युरी टाइमको चौथो मिनट) गोल गरी ब्रेण्टफोर्डलाई १-१-को बराबरीमा पुऱ्याए। मध्यान्तरपछि लगातार आक्रमण गरे पनि आर्सनललाई निर्णायक गोलको निम्ति लगभग अन्तिम क्षणसम्म प्रतीक्षा गर्नु पऱ्यो। काइ हावेर्त्जले ८६औं मिनटमा गोल गरी होम टीमलाई रोमाञ्चक जीत दिलाए। यस जीतको साथै आर्सनलले २८ वटा म्याचमा ६४ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलमा म्यानचेष्टर सिटी र लिभरपूललाई पछि छोड़ेर शीर्ष स्थान हासिल गऱ्यो।

यसबीच म्यानचेष्टर युनाइटेडले चाहिँ भाग्यको भरमा एभर्टनलाई २-०-ले पराजित गऱ्यो। गत दुईवटा म्याचमा हारको सम्मुखीन हुने युनाइटेडले यसपाली होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा ५२ प्रतिशत पोजेशनको साथ खेल्दै दुवै गोल पेनल्टीबाट हासिल गऱ्यो। विजेता टीमबाट ब्रूनो फर्नाण्डेजले १२औं र मार्कस रासफोर्डले ३६औं मिनटमा गोल गरे। यस जीतपछि म्यानचेष्टर युनाइटेड २८ वटा म्याचमा ४७ पोइण्ट्सको साथ छैटौं स्थानमा कायम रह्यो। प्रीमियर लीगको अन्य एउटा म्याचमा वूल्भ्सले फूलहामलाई २-१-ले पराजित गऱ्यो। यसबाहेक क्रिस्टल प्यालेस र लुटोन टाउनबीच म्याच १-१-ले अनि बोर्नमाउथ र शेफील्ड युनाइटेडबीच म्याच २-२-ले ड्र रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement