मृदुल गोस्वामी र प्रकास चीक बडाईकको पुनर्बहाली

IMG-20220801-WA0181.jpg

कालचिनी: कलकत्तामा सम्पन्न तृणमूल कोर कमिटीको बैठकमा अन्ततः अलिपुरद्वार जिल्ला तृणमूल कङ्ग्रेस कमिटीको चेयरम्यान पदमा मृदुल गोस्वामी र सभापति पदमा प्रकास चीक बड़ाईकलाई नै पुनर्बहाली गरिएको छ| आज कलकत्तामा सम्पन्न कोर कमिटीको बैठकमा अन्ततः पार्टीको अलिपुरद्वार जिल्ला चेयरम्यान र सभापति पदमा दुवै जिल्ला नेता मृदुल गोस्वामी र प्रकास चीक बड़ाईकलाई नै पुनर्बहाली दिएपछि यता अलिपुरद्वार पार्टी कार्यालयमा खुसीको लहर छाएको थियो|
संगठनमा फेरबदल र ड्यामेज कन्ट्रोलको निम्ति तृणमूल कोर कमिटीको बैठक आज कलकत्तामा सम्पन्न भइरहेको थियो भने आइतबार मात्र अलिपुरद्वारबाट कोर कमिटीको सदस्यहरू कलकत्ता प्रस्थान गरेको थियो| आज पार्टीको कोर कमिटीको बैठकमा अन्ततः उत्तरबंगालको जिल्ला नेताहरूको पदभार घोषणाको क्रममा अलिपुरद्वार जिल्ला तृणमूल कङ्ग्रेसको चेयरम्यान पदमा मृदुल गोस्वामी र सभापति पदमा प्रकास चीक बडाईकको नाम नै छनौट भएको छ| चॉंडै तृणमूल कङ्ग्रेसको ब्लक कमिटीहरूमा पनि फेरबदल हुने कुरा चलिरहेको छ भने अलिपुरद्वार जिल्लाको ६ वटा ब्लकहरूमा पनि नयॉंगरी ब्लक सभापति घोषणा हुने कुराले तृणमूल समर्थकहरूमा कौतुहल छाएको छ| यता कालचिनी ब्लक सभापतिको पदमा वर्तमान भाजपा छोड़ेर तृणमूलमा आएका बिरेन्द्र बारा उराउँलाई राखिएको छ भने कालचिनी ब्लकमा तृणमूलबाट विरक्तिएका समर्थकहरूलाई मध्यनजर गर्दै कुनै नयॉं अनुहारलाई ब्लक सभापतिको पदमा नियुक्त गर्ने कुराको घॉंईघुई चलिरहेको छ|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *