गान्तोक: पाक्योङ जिल्ला निर्वाचन अधिकारी तथा जिल्लापाल टाशी छोपेलले आज पश्चिम पान्डाम निर्वाचन क्षेत्र अन्तर्गत विभिन्न मतदान केन्द्रहरूको निरीक्षण गरे। उनको भ्रमणको उद्देश्य स्वतन्त्र निर्वाचनअवधिमा कुनै पनि समस्या सामनाबाट मुक्त र निर्वाचन प्रक्रियाहरू पूर्ण रूपमा कार्यान्वयन भएको सुनिश्चित गर्नुबारे थियो। जिल्लापालका साथमा रम्फू महकुमा अधिकारी टेन्डुप लेप्चालगायत अन्य अधिकारीहरु पनि सामेल थिए। यसबीच, अतिरिक्त जिल्लापाल अनुपा ताम्लिङले छुजाचेन निर्वाचन क्षेत्र अन्तर्गत विभिन्न मतदान केन्द्रहरूमा निरीक्षण गरेका थिइन्।