टेस्ट खेलाड़ीहरूका फीसमा व्यापक बढ़ोत्तरीको घोषणा गऱ्यो बीसीसीआई-ले

IMG-20240309-WA0206.jpg

मुम्बई: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले युवा खेलाड़ीहरूलाई टेस्ट क्रिकेट प्रति प्रोत्साहित गर्न टेस्ट फीसमा भारी बढ़ोत्तरीको घोषणा गऱ्यो। यसअन्तर्गत बोर्डले टेस्ट क्रिकेट प्रोत्साहन योजना (टेस्ट क्रिकेट इन्सेण्टिभ स्कीम) शुरु गरेको छ, जसमा प्रत्येक सीजनमा ७ भन्दा अधिक टेस्ट म्याच खेल्ने खेलाड़ीलाई प्रत्येक टेस्ट म्याचको ४५ लाख रुपियाँ गरेर दिइनेछ। पहिला भारतीय क्रिकेटरहरूलाई एउटा टेस्ट म्याच खेल्दा १५ लाख रुपियाँको भुक्तान गरिन्थ्यो। अब नयाँ योजनाले नियमित रूपमा टेस्ट क्रिकेट खेल्ने खेलाड़ीहरूलाई फाइदा हुनेछ। विशेषगरी टेस्ट क्रिकेटलाई प्राथमिकता दिने खेलाड़ीहरू लाभान्वित हुनेछन्। यसले युवा खेलाड़ीहरूबीच टेस्ट क्रिकेटलाई लिएर चासो बढ़्ने बीसीसीआई-ले आशा रहेको छ। बीसीसीआई सचिव जय शाहले एक्स-मा लेखेका छन्, मलाई सीनियर पुरुषहरूका निम्ति टेस्ट क्रिकेट प्रोत्साहन योजना शुरुवातको घोषणा गर्दै खुशी लागिरहेको छ। यसको मुख्य उद्देश्य हाम्रा सम्मानित एथलीटहरूलाई वित्तीय विकास र स्थिरता प्रदान गर्नु हो। २०२२-२३ सीजनदेखि शुरु भएर टेस्ट क्रिकेट प्रोत्साहन योजनाले टेस्ट म्याचहरूका निम्ति १५ लाख रुपियाँको वर्तमान म्याच फीसमाथि एउटा अतिरिक्त इनाम संरचनाको रूपमा काम गर्नेछ।
योजना अनुसार कुनै क्रिकेटरले सीजनमा ४ या त्यसभन्दा कम्ती टेस्ट म्याच खेले (प्रथम एकादशमा रहे या नरहे पनि) निश्चित भुक्तानभन्दा अतिरिक्त केही दिइनेछैन। यसरी क्रिकेटरले सीजनमा ५-देखि ६ वटा म्याच खेले त्यस खेलाड़ीलाई प्रथम एकादशमा रहे ३० लाख रुपियाँ (प्रति म्याच) गरेर प्राप्त हुनेछ। प्रथम एकादशमा नरहे चाहिँ १५ लाख रुपियाँ नै दिइनेछ। यसरी कुनै क्रिकेटरले सीजनमा ७५ प्रतिशतभन्दा अधिक अर्थात कम्तीमा ७ वटा टेस्ट म्याच खेले प्रथम एकादशमा रहेको क्षेत्रमा ४५ लाख रुपियाँ (प्रति म्याच) गरेर भुक्तान गरिनेछ। प्रथम एकादशमा नरहे पनि त्यस खेलाड़ीले २२.५ लाख रुपियाँ गरेर पाउनेछन्। उल्लेखनीय छ, बीसीसीआई-ले टेस्ट म्याचको फीस बढ़ाउने फसेला श्रेयस अय्यर र ईशान किशन जस्ता खेलाड़ीहरूले गर्दा पनि लिनु पऱ्यो। श्रेयस र ईशान टेस्ट क्रिकेट खेल्न हिच्किचाइरहेका थिए। यी दुईले पछिबाट घरेलु क्रिकेट पनि खेल्न अस्वीकार गरेका थिए। यसैकारण बोर्डले यी दुवैलाई केन्द्रीय अनुबन्धबाट बाहिर गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *