दोस्रो टेस्टमा न्यूजील्याण्डको संघर्ष जारी

IMG-20240309-WA0204.jpg

क्राइस्टचर्च: पेस बलर म्याट हेनरीको ७ विकेटले आयोजक न्यूजील्याण्ड र अष्ट्रेलियाबीच जारी दोस्रो क्रिकेट टेस्ट म्याच रोचक मोड़मा पुग्यो। न्यूजील्याण्डले आफ्नो पहिलो ईनिंग्समा केवल १६२ रन बनाएपछि पेस बलर हेनरीको ७ विकेटको सहायताले न्यूजील्याण्डले पनि अष्ट्रेलियाको पहिलो ईनिंग्स २५६ रनमा समाप्त गयो। पहिलो ईनिंग्सको आधारमा ९४ रनले पछाड़िएपछि न्यूजील्याण्डले शनिवार म्याचको दोस्रो दिन खेल समाप्त हुँदासम्म २ विकेटमा १३४ रन बनायो। दिनको खेल समाप्त हुँदासम्म टम लाथम ६५ र रचिन रविन्द्र ११ रन बनाएर खेलिरहेका थिए । न्यूजील्याण्डसँग अहिले समग्रमा ४० रनको बढ़त रहेको छ। न्यूजील्याण्डको तर्फबाट लाथम बाहेक केन विलियम्सनले अर्द्धशतक बनाए। उनले १०७ बल खेलेर ६ वटा चौकाको साथ ५१ रन बनाए। यसरी लाथमले १५४ बल खेलेर ७ वटा चौका लगाइसकेका छन्। आफ्नो दोस्रो ईनिंग्समा विल यंग (०१)-लाई शुरुमै गुमाएपछि विलियम्सन र लाथमले मिलेर दोस्रो विकेटको निम्ति १०५ रनको पार्टनरशीप गरे। यंगलाई मिचेल स्टार्कले आउट गरे भने विलियम्सनको विकेट अष्ट्रेलियाई कप्तान प्याट कमिन्सको नाममा रह्यो। यसअघि पहिलो दिनको स्कोर ४ विकेटमा १२४ रनदेखि अघि खेल्दै शनिवार अष्ट्रेलियाले १३२ रन थपेर रहल ६ विकेट गुमायो। शुक्रवार अविजित रहने मार्नस लाबुशेन आज केवल १० रनले गर्दा शतकदेखि वञ्चित भए। लाबुशेनले १४७ बल खेलेर १२ वटा चौकाको सहायताले ९० रन बनाए। न्यूजील्याण्डका पेस बलर हेनरीलाई आज विध्वंशी फर्ममा देखियो अनि उनले अष्ट्रेलियाको मध्य र तल्लो क्रमलाई तहसनहस पारे। लाबुशेनबाहेक आज न्याथन लायन (२० रन), मिचेल स्टार्क (२८) र कमिन्स (२३)-ले उपयोगी योगदान दिए। उल्लेखनीय छ, दुईवटा टेस्ट म्याचको सीरीजमा अष्ट्रेलिया अहिले १-०-ले अघि रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *