भाजपा सिक्किमद्वारा प्रधानमन्त्री मोदीप्रति कृतज्ञता व्यक्त

n59018330217100007368753c004389e90bd054b5a3b693611bdefb43f51e44adb1a6aae645dedc159323b0.jpg

गान्तोक: भाजपा सिक्किमले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति ‘विकसित भारत विकसित उत्तर पूर्व’ कार्यक्रम अन्तर्गत सिक्किमसहित उत्तरपूर्वी भारतको विकासको लागि ५५,००० करोड कोषको घोषणा गरेकोमा कृतज्ञता व्यक्त गरेको छ।

प्रदेश भाजपाले आज जारी एक प्रेस विज्ञप्तिमा भनेको छ, प्रधानमन्त्रीले इटानगरमा आज आयोजित एक कार्यक्रममा सिक्किमको लागि भर्चुअल माध्यमद्वारा ३२ परियोजनाहरूको शिलान्यास गरे भने २२ परियोजनाहरू उद्घाटन गरे। इटानगरमा आयोजित कार्यक्रम मणिपुर, मेघालय, नागाल्याण्ड, सिक्किम, त्रिपुरा र अरुणाचल प्रदेशमा विकास पहलहरू बढाउनमा महत्त्वपूर्ण ध्यान केन्द्रित थियो।

प्रदेश भाजपाले भनेको छ, विनियोजन गरिएको रकम रेल, सडक, स्वास्थ्य, आवास, शिक्षा, सीमा पूर्वाधार, सूचना प्रविधि, विद्युत, तेललगायतका विभिन्न क्षेत्रमा खर्च गरिने छ। प्रदेश भाजपाले यस क्षेत्रमा विकास र समृद्धिलाई बढावा दिन यस्ता पहलहरूको महत्त्वपूर्ण भूमिकालाई स्वीकार गरेको छ।

About Author

Advertisement