प्रधानमन्त्री मोदीको नेतृत्वमा विकासलाई प्राथमिकता दिएको सांसद राजु बिष्टको दाबी    

IMG-20240309-WA0188.jpg

सिलगढी: सांसद राजु बिष्टले दार्जीलिङ पहाड, तराई अनि डुवर्सका जनताका साथ मिलेर प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई स्वागत जनाएका छन्। एक प्रेस विज्ञप्ति जारी गरेर संसद राजु बिष्टले भने, ‘प्रधानमन्त्री मोदीज्यूको नेतृत्वमा हाम्रो सरकारले विभिन्न पूर्वाधार योजना अनि पहलहरूद्वारा हाम्रो क्षेत्रको विकास सुनिश्चित गर्नुलाई शीर्षतम प्राथमिकता दिएको छ। ग्रामीण सडकहरूमा सुधार होस्, हाईवे, एक्सप्रेस वे, रेलवे, हवाई अड्डा, भौतिक एवं डिजिटल कनेक्टिभिटी, र टेलिकम विकासलाई सिमाना इलाकाहरूसम्म पुर्याउने काम होस् अथवा स्वास्थ्य सेवा अनि चिकित्सा सुविधाहरू जन-जनसम्म पुर्याउने काम होस्, प्रधानमन्त्री मोदीज्यूले हाम्रो क्षेत्रलाई विकासगत पहलहरूको अग्रिम पङक्तिमा राख्नुभएको छl’

दार्जीलिङ लोकसभा निर्वाचन क्षेत्रमा ५० हजार करोड रुपियाँभन्दा धेरै लागतका परियोजनाहरू चलिरहेको उनले बताएका छन्l उनका अनुसार, जसमा बागडोगरा हवाईअड्डा, सेवोक-रम्फू रेल लाइन, बालासन-सेभोक एलिभेटेड हाइवे, कालेबुङलाई जोड्ने एनएच७१७ए हाइवे  आदि सामेल छन्l ‘यसबाहेक, हर घर जल योजना, अमृत (एएमआरयुटी) २.०, ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सुविधाहरूको विकास, पीएमजीएसवाई, पीएमएवाई, र चिया बगान अनि सिन्कोना बगान श्रमिकहरूका लागि नयाँ श्रम कानून जस्ता पहलहरूबाट हाम्रो क्षेत्र र हाम्रा जनताको कल्याण निम्ति समावेशी विकासप्रति केन्द्रीय सरकारको वचनबद्धता परिलक्षित हुन्छ’, उनले विज्ञप्तिमा बताएका छन्। 

विज्ञप्तिमा उनले अझ यसो भनेका छन्, ‘आज, सिलगढीको कावाखाली मैदानमा विशाल जनभेलालाई प्रत्यक्ष सम्बोधित गर्दै प्रधानमन्त्री मोदीज्यूले टीएमसी सरकारले राज्यमा आयुष्मान भारत र अन्य केन्द्रीय योजनाहरूलाई कार्यान्वित नगरेर कसरी जनतालाई वञ्चित राखेको छ, टीएमसी कसरी राज्यमा कानून एवं व्यवस्था कायम गर्न पूर्णतया असफल भएको छ भन्ने विषयमाथि प्रकाश पार्नुभयो। उहाँले सन्देशखलीका महिलाहरूले भोगेको सन्त्रास अनि बंगालमा महिलाहरूको अपमानको विशेषगरि उल्लेख गर्नुभयो।  उहाँले टीएमसी र आई.एन.डी.आई.अलायन्स मिलेर उत्तर बंगालको जनतामाझ फूट हाल्न कसरी सक्रिय रूपले काम गरिरहेका छन् भन्ने तथ्य पनि  जोडदार ढङ्गले राख्नुभयोl’ सांसद राजु बिष्टले विज्ञप्तिमा यसरी बताएका छन्, ‘गोर्खा जातिका आकांक्षाहरूबारे बोल्दै उहाँले भन्नुभयो, ‘हामीले अनुच्छेद ३७० हटायौँ, हामीले अयोध्यामा राम मन्दिरको स्थापना गर्यौं, हामीले यस्ता मुद्दाहरूको समाधान गर्यौं जसलाई धेरै जनाले समाधान हुनै सक्दैन भन्दथे। हामी गोर्खाहरूका आकांक्षाहरूप्रति संवेदनशील छौँ। हामी समाधानको संघारमा छोँl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *