विधायक रुदेन सादा लेप्चा बने मायाल ल्याङ्ग लेप्चा बोर्डका नयाँ चेयरम्यान

IMG-20240309-WA0183.jpg

कालेबुङ: पश्चिम बंगाल सरकार आदिवासी विकास विभागले जारी गरेको अधिसूचना अनुसार “पश्चिम बंगाल मायल ल्याङ लेप्चा विकास बोर्ड” का नयाँ अध्यक्ष कालेबुङका विधायक रुदेन सादा लेप्चा नियुक्त भएका छन्। लेप्चा बोर्ड २०१३ मा स्थापित भएको थियो।
जीटीए प्रमुख कार्यपाल अनित थापाले फेसबुकमार्फत विधायक रुदेन लेप्चालाई बधाई दिँदै लेखेकी छन् , ‘पश्चिम बंगाल मायल ल्याङ्ग लेप्चा विकास बोर्डका चेयरम्यान नियुक्त भएकोमा कालेबुङका विधायक, भागोप्रमो पार्टीका केन्द्रीय उपाध्यक्ष्य रुदेन सादा लेप्चालाई बधाई अनि शुभकामना छ।
तपाईको नेतृत्वमा बोर्डले अझ प्रभावशाली कार्य गर्न सकोस्। जातीय उत्थानको कार्यमा बोर्डले सदैव सकारात्मक पहल लिएको होस्। नियुक्त हुनु भएका अन्य सबै सदस्यहरूलाई पनि बधाई दिनु चाहन्छु।’
बोर्डका अन्य सदस्यहरूमा पासाङ छिरिङ लेप्चा (उपाध्यक्ष), कालेबुङ जिल्ला मजिस्ट्रेट वा उनको प्रतिनिधि, निर्देशक सांस्कृतिक अनुसन्धान संस्थान वा उनको प्रतिनिधि, राज्य सरकारले डेपुटेशनमा नियुक्त गरेको एकजना अधिकारी। साधारण सदस्यहरूमा डोलिङ लेप्चा, ओङदेन लेप्चा, ग्याल्सेन लेप्चा, नोर्बु छिरिङ्ग लेप्चा, डुकु छिरिङ्ग लेप्चा, कालेबुङको लेप्चा पेम्बा, रोगेन वाङ्दी लेप्चा, दार्जिलिङको लेप्चा पेम्बा रहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *