दार्जीलिङ: रङ्ली लङ्लीयट खण्ड विकास कार्यालय तकदाहमा बस अनि चित्र बनाऊ प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूलाई लिएर सम्पन्न उक्त चित्र बनाऊ प्रतियोगिता अन्तर्राष्ट्रीय नारी दिवसको विषयलाई लिएर सम्पन्न गरिएको छ।
उक्त बस अनि चित्र बनाऊ प्रतियोगितामा जम्मा ३५ जना विद्यार्थी नानीहरूले भाग लिएका थिए। उक्त बस अनि चित्र बनाऊ प्रतियोगितामा नवौं श्रेणीकी विद्यार्थीहरू क्रमैले दिव्यान्सा गुरुङ प्रथम, प्रिया भुजेल दोस्रो र दिसशिका छेत्री तेस्रो भएका छन्।
उक्त कार्यक्रममा रङ्ली रङ्लीयट खण्डका अधिकारीहरू र विभिन्न स्कूलका शिक्षक शिक्षिकाहरू र विद्यार्थीहरू विशेष रूपमा उपस्थित रहेका थिए।
About Author
Post Views: 49