मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा मन्त्रीमण्डलको बैठक   

बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जी l फाइल फोटो

कोलकाता: पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो क्याबिनेटमा सामेल अन्य मन्त्रीहरूलाई सतर्क गराउँदै पार्थ जस्तो काम कसैलाई नगर्नलाई भनेकी छन्। उनले सोमबार मन्त्रीमण्डलको बैठक गरेकी छन्। यसमा सबै विभागहरूका मन्त्रीहरू उपस्थित थिए। उनीहरूलाई सचेत गराउँदै ममताले भनिन्, ‘कसैले पनि यस्तो काम नगरोस्, जस्तो पार्थ चटर्जीले गरेका छन्। यसबाट पार्टीको र मन्त्रीमण्डलको नाम खराब हुन्छ। मलाई पार्टी या मन्त्रीमण्डलको बदनामी पटक्कै स्वीकार छैन। तपाई सबैले मानिसहरूको हितमा काम गर्ने दायित्व पाएका छन्। भ्रष्टाचार कतै हुनुहुँदैनl’ पार्थ चटर्जीलाई मन्त्रीमण्डलबाट हटाइएको छ र उनलाई पार्टीका सबै पदहरूको साथ प्राथमिक सदस्यताबाट पनि निलम्बित गरिएको छ।

                  

 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement