घैयाबारी ग्राम सुधार समितिको धन्यवाद कार्यक्रम

IMG-20240309-WA0193.jpg

खरसाङ: घैयाबारी ग्राम सुधार समितिको धन्यवाद कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम फुर्बा तामाङको अध्यक्षता र भिषण लामाको सञ्चालनमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा ग्राम सुधार समिति घैयाबारीलाई समाज घर निर्माणको लागि जमीन दान गर्ने घैयाबारी निवासी जीवन राई र लक्ष्मी तामाङलाई धन्यवादसहित सम्मान जनाइएको छ। दुवै दम्पतिले समाज घर निर्माणको लागि २५x३५ जमीन दान गरेका छन्। कार्यक्रमलाई ग्राम सुधार समिति घैयाबारीको सचिव गणेश तामाङ, जमीनदाता जीवन राई, लक्ष्मी तामाङ र अन्यले सम्बोधन गरेका थिए। यस धन्यवाद कार्यक्रम विषयमा ग्राम सुधार समितिको सचिव गणेश तामाङले विस्तृत रूपमा बताउँदै हाम्रो समाज घर बनाउन जमीन थिएन र घैयाबारी निवासी जीवन राई र लक्ष्मी तामाङद्वारा समाज घर बनाउन जमीन दान गरेकोले आज धन्यवाद कार्यक्रमको आयोजना गरिएको जानकारी गराएका छन्।

उनले ग्राम सुधार समिति घैयाबारीको समाज घर जीटीएमार्फत् बनाउन अघिबाटै निवेदन गरिसकेको र क्षेत्रीय सभासद नवराज छेत्रीले समाज घरको निर्माणको लागि पास भईसकेको बताएकोले हाम्रो समाज घर चाढ़ै बनिनेछ भन्ने कुरामा अपेक्षाकृत रहेको बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *