भागोप्रमोको शाखा पसौं अभियान अन्तर्गत चुनभट्टीमा सांगठनिक सभा सम्पन्न

IMG-20240309-WA0158.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत १३औं सभा आज चुनभट्टी दुई नम्बर रंगटङ्ग शाखामा सम्पन्न भएको छ। उक्त सभा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्या पुष्पकुमारी प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, समष्टि उप सभापति धिरेन प्रधान आदिले वक्तव्य राखेका थिए। यसै सभामा भागोप्रमो तीनधारे महानदी समष्टि अन्तर्गत चुनभट्टी, दुई नम्बर बस्ती रंगटङ्ग शाखा कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति रञ्जित थापा, उप सभापति प्रकाश सार्की, सचिव ज्योति भट्टराई, सह सचिव नेत्र प्रधान, कोषाध्यक्ष उमेश लामा, मुख्य सल्लाहकार बलराम छेत्री, सुदन लामा, बिजेन्द्र प्रधान आदि चयन गरिएका छन्। यसै सभामा नै यसै शाखा अन्तर्गत पर्ने प्रशाखा कमिटीहरू गठन गर्नलाई संयोजकहरू चयन गरिएको छ। यस क्रममा चुनभट्टी कोठीडाँडाको लागि पूजा लामा, अप्पर दुई नम्बर बस्तीको लागि नेत्र प्रधान र सुनिता तामाङ, लोवर दुई नम्बर बस्तीको लागि युवराज थापा र रश्मी लिम्बु, चुनभट्टीको लागि पुष्पकुमारी प्रधान र बिनय प्रधान अादिलाई संयोजक चयन गरिएको छ। आज चयन भएका संयोजकहरूले आगामी केही दिनभित्रमा आफ्नो क्षेत्रमा प्रशाखा कमिटीहरू गठन गरेर भागोप्रमो तीनधारे महानदी समष्टि कमिटीलाई जानकारी गराउनु पर्ने सभामा निर्णय गरिएको छ। आजको सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान एंव भागोप्रमो चुनभट्टी शाखाको सभापति रञ्जित थापाले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement