कैलाश मानसरोवरको मुक्तिका लागि श्रावण सङ्कल्प

IMG-20220801-WA0175.jpg

गान्तोक: भारत तिब्बत सहयोग मञ्च सिक्किमले आज ६ वटा विभिन्न तिब्बती सङगठनहरूसित मिलेर राजधानी गान्तोकका विभिन्न मन्दिरहरूमा कैलाश मानसरोवरको मुक्तिका लागि श्रावण सङ्कल्प अभियान सञ्चालन गऱ्यो।
यस अवसरमा मञ्चका सदस्यहरूले शिव मन्दिरमा गएर भगवान शङ्करलाई गङ्गाजलले अभिषेक गर्दै, भगवान शिवको निवास कैलाश मानसरोवरलाई चीनको अधिपत्यबाट मुक्त गराउन यथाशक्ति प्रयास गर्ने, तथा यस दिशामा गरिने प्रयासमा हरसम्भव सहयोग गर्ने सङकल्प गरे।
सदस्यहरूले भगवान शङ्करलाई यो सङ्कल्प पूर्ण गर्नलाई शक्ति प्रदान गर्ने प्रार्थना पनि गरेका छन्। यस अवसरमा भारत तिब्बत सहयोग मञ्च सिक्किमका अध्यक्ष एल.पी.शर्माले कैलाश मानसरोवरको मुक्तिका लागि श्रावण सङ्कल्प अभियान देशव्यापी रूपमा सञ्चालन भइरहेको बताए। सङकल्प अभियान पानी हाउस स्थित शिव मन्दिर र चानमारी स्थित शिव मन्दिरमा सञ्चालन गरियो।
अभियानपछि मञ्चका सदस्यहरूले समाजसेवी पद्मश्री द्रौपदी घिमिरेसित भेट गर्दै मञ्चको उद्देश्यहरू बारे छलफल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement