ईंग्ल्याण्डलाई धर्मशालामा पनि पिटेर टेस्ट सीरीज ४-१-ले जित्न सफल भारत

IMG-20240309-WA0148.jpg

धर्मशाला(हिमाचल प्रदेश): भारतले फेरि एकपल्ट ब्याट र बल दुवैको साथ उत्कृष्ट प्रदर्शन गर्दै पाँचौं तथा अन्तिम क्रिकेट टेस्ट म्याचमा ईंग्ल्याण्डलाई सजिलैसँग ईनिंग्स र ६४ रनको ठूलो अन्तरले पराजित गऱ्यो। यस जीतको साथै भारतले विराट कोहली, मोहम्मद शमी र केएल राहुल जस्ता स्टार खेलाड़ीहरू बिना खेल्दै पनि ५ वटा म्याचको सीरीज ४-१-ले जित्यो। पहिलो म्याच गुमाएपछि भारतले ईंग्ल्याण्डको बेजबल रणनीतिलाई सुपर फ्लप साबित गर्दै रहल चारैवटा टेस्ट म्याच जित्यो। म्याचमा ईंग्ल्याण्डको पहिलो ईनिंग्स २१८ रनमा समाप्त भएपछि भारतले आफ्नो पहिलो ईनिंग्समा ४७७ रन बनायो।

यसरी भारतलाई पहिलो ईनिंग्सको आधारमा २५९ रनको महत्त्वपूर्ण बढ़त हासिल भयो। त्यसपछि ईंग्ल्याण्डका ब्याटरहरूले दोस्रो ईनिंग्समा पनि असहाय आत्मसमर्पण गरे पनि टीम केवल १९५ रन बनाएर अलआउट हुँदा भारत ईनिंग्स र ६४ रनले विजयी भयो। ईंग्ल्याण्डको यस दयनीय प्रदर्शनपछि आफ्नो १००औं टेस्ट म्याच खेलिरहेका रविचन्द्रन अश्विनले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। उनले ईंग्ल्याण्डको दोस्रो ईनिंग्समा ५ र म्याचमा जम्मा ९ विकेट हासिल गरे। अश्विन बाहेक जसप्रीत बुमराह र कुलदीप यादवले २-२ विकेट लिए जबकि एक विकेट रविन्द्र जडेजाको नाममा रह्यो। कुलदीपले पहिलो ईनिंग्समा पनि ५ विकेट लिएका थिए। यसरी म्याचमा जम्मा ७ विकेट लिनको साथै ३० रन पनि बनाउने कुलदीपलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी पाँचवटा टेस्टमा दुईवटा डबल सेञ्चुरीको साथमा ७१२ रन बनाउने यशस्वी जयसवाललाई प्लेयर अव् द सीरीज चयन गरियो।

भारतले आज दोस्रो दिनको स्कोर ८ विकेटमा ४७३ रनदेखि अघि खेल्दै केवल ४ रन जोड़ेर रहल २ वटा विकेट गुमायो। कुलदीपले ३० र बुमराहले २० रन बनाए। ईंग्ल्याण्डका बलरहरूमा युवा स्पिनर शोएब बशीरले सर्वाधिक ५ विकेट लिए। यसबाहेक जेम्स एण्डरसन र टम हार्टलीले २-२ विकेट हासिल गरे। त्यसपछि ईंग्ल्याण्डको दोस्रो ईनिंग्समा शुरुवात नै खराब रह्यो अनि २१ रनको स्कोरसम्म दुवै ओपनर पभेलियन पुगिसकेका थिए। ज्याक क्राउले (शून्य) र बेन डकेट (०२)-लाई अश्विनले आउट गरे। त्यसपछि भारतीय स्पिनरहरू अघि ईंग्ल्याण्डको बेजबल रणनीतिको कुनै शीप चलेन। अनुभवी जो रुटले आफ्नो ख्याति अनुरुप प्रदर्शन गरे पनि उनले कसैबाट साथ पाएनन्। रुटले १२८ बल खेलेर १२ वटा चौकाको साथ ८४ रन बनाए।

यसबाहेक जनी बेयरस्टोले ३ वटा छक्का र ३ वटा चौकाको साथ ३१ बलमा ३९ रन बनाए। ओली पोप १९, कप्तान बेन स्टोक्स ०२ र बेन फोक्स ०८ रन बनाएर आउट भए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *