खरसाङ: स्कीम फर एडोल्सेन्ट गर्ल्स (एसएजी- कन्याश्री प्रकल्प-केपी) खरसाङ र आईसीडीएसको आँगनबाडी वर्करहरूको आयोजनामा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा घैयाबरी-ती ग्राम पञ्चायत अन्तर्गत गैरी गाउँमा किशोरी दिवस पालन गरिएको छ। यस अवास्रामका २५ जना किशोरीहरूलाई कन्याश्री प्रकल्प, छिटो बिहे, एनिमियाबारे जागरुक गराइयो। यसका साथै उनीहरूको एनिमिया र सिकल सेल नि:शुल्क जाँच गराइयो। जसमा पाँच जनामा हेमोग्लोभिन कम रहेको पाएको हुँदा उनीहरूलाई तत्काल त्यहाँका स्वास्थ्य केन्द्रबाट चिकित्सा उपलब्ध गराइयो। यस किशोरी दिवसको अवसरमामा आईसीडीएसका आठ आँगनबाडी केन्द्रबाट सहभागी थिए। यस कार्यक्रममा स्वास्थ्य केन्द्रका हेल्थ एसिस्टेन्ट कल्याणी तामाङ, स्टाफ नर्स प्रेरणा विश्वकर्म, ल्याब टेक्निसियन अमित भुसालको विशेष सहयोग रहेको थियो। एसएजी (केपी) खरसाङका आयोजकहरूमा प्रोजेक्ट कोअर्डिनेटर स्मृति छेत्री, फिल्ड फेसिलिटेटरहरू दीपशिखा छेत्री, प्रियंका विश्वकर्म, लोप्साङ शेर्पा सहभागी रहेका थिए।
यसबारेमा फिल्ड फेसिलिटेटर प्रियंका विश्वकर्मले जानकारी दिएकी छिन्। उल्लेखनीय छ, पश्चिम बंगाल सरकारको परियोजना एसएजी (केपी) गैर सरकारी संस्था कञ्चनजङ्घा उद्धार केन्द्रले आईसीडीएससित साझेदारीमा सञ्चालन गरिरहेको छ। कञ्चनजङ्घा उद्धार केन्द्रले यो परियोजना सुकेपोखरी, मिरिक र फाँसीदेवामा पनि संचालन गरिरहेको छ।