घैयाबरी-३ को गैरी गाउँमा किशोरी दिवस पालन

d63ffbe0-05d6-4f95-adb8-73143a35cfe6

खरसाङ: स्कीम फर एडोल्सेन्ट  गर्ल्स (एसएजी- कन्याश्री प्रकल्प-केपी) खरसाङ र आईसीडीएसको आँगनबाडी वर्करहरूको आयोजनामा शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा  घैयाबरी-३ अन्तर्गत गैरी गाउँमा किशोरी दिवस पालन गर्योl यस अवास्रामका २५ जना किशोरीहरूलाई कन्याश्री प्रकल्प, छिटो बिहे, एनिमियाबारे जागरुक गराइयोl यसका साथै उनीहरूको एनिमिया र सिकल सेल नि:शुल्क जाँच गराइयोl जसमा पाँच जनामा हेमोग्लोभिन कम रहेको पाएको हुँदा उनीहरूलाई तत्काल त्यहाँका स्वास्थ्य केन्द्रबाट चिकित्सा उपलब्ध गराइयोl यस किशोरी दिवसको अवसरमामा आईसीडीएसका आठ आँगनबाडी केन्द्रबाट सहभागी थिएl यस कार्यक्रममा स्वास्थ्य केन्द्रका हेल्थ एसिस्टेन्ट कल्याणी तामाङ, स्टाफ नर्स प्रेरणा विश्वकर्म, ल्याब टेक्निसियन अमित भुसालको विशेष सहयोग रहेको थियोl एसएजी (केपी) खरसाङका आयोजकहरूमा प्रोजेक्ट कोअर्डिनेटर स्मृति छेत्री, फिल्ड फेसिलिटेटरहरू दीपशिखा, छेत्री, प्रियंका विश्वकर्म, लोप्साङ शेर्पा सहभागी रहेका थिएl यसबारेमा फिल्ड फेसिलिटेटर प्रियंका विश्वकर्मले जानकारी दिएकी छिन्l उल्लेखनीय छ, पश्चिम बंगाल सरकारको परियोजना एसएजी (केपी) गैर सरकारी संस्थाकञ्चनजङ्घा उद्धार केन्द्रले आईसीडीएससित साझेदारीमा संचालन गरिरहेको छl  कञ्चनजङ्घा उद्धार केन्द्रले यो परियोजना सुकेपोखरी, मिरिक र फाँसीदेवामा पनि संचालन गरिरहेको छl         

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement