कोलकाता: हिमाचल प्रदेशमा भारी हिमपातमा फसेको, जोगेश चन्द्र चौधरी ल कलेज र केही अन्य कलेजका ११ विद्यार्थीहरूको समूह ११ दिनसम्म बिस्कुट र पानीमा बाँचेर अन्ततः सिमला पुग्न सफल भयो। आफुहरु सकुशल रहेको थाहा पाएपछि निकै चिन्तित भएका विद्यार्थीका परिवारले राहत पाए । “जब हामी सिमला छोडेर सांगला र चित्कुल बीचको सानो गाउँ रक्चम पुग्यौं, हिउँ पर्न थाल्यो।