टेस्ट क्रिकेटमा एण्डरसनको गजबको कीर्तिमान

IMG-20240309-WA0108.jpg

धर्मशाला: ईंग्ल्याण्डका जेम्स एण्डरसनले त्यो काम गरेर देखाएका छन्, जुन विश्वका कुनै पनि पेस बलरले गर्न या सोच्न सकेका छैनन्। उनले धर्मशाला टेस्ट म्याचको तेस्रो दिन भारतको पहिलो ईनिंग्सको १२४औं ओभरमा कुलदीप यादवलाई आउट गर्नको साथै इतिहास रचे। कुलदीपलाई आउट गर्नको साथै एण्डरसनले टेस्ट क्रिकेटमा ७०० विकेट पूरा गरे। यसरी उनी टेस्ट क्रिकेटमा ७०० विकेट लिने पहिलो पेस बलर बनेका छन् जबकि समग्रमा उनी तेस्रो बलर हुन्। उनीभन्दा अघि श्रीलंकाका अफ् स्पिनर मुथैया मुरलीधरन र अष्ट्रेलियाका लेग स्पिनर शेन वार्नले मात्र ७०० भन्दा अधिक विकेट लिएका छन्। भारत विरुद्ध पाँचौं टेस्ट म्याच शुरु हुन अघिसम्म एण्डरसन ७०० विकेट पूरा गर्नदेखि केवल २ विकेट टाढ़ा थिए। उनले पहिला शतक बनाउने शुभमन गिललाई आउट गरी ६९९ विकेट पूरा गरे। त्यसपछि आज कुलदीपलाई पभेलियन पठाएर उनलाई विशेष उपलब्धिलाई हासिल गरे। यसरी ३० जुलाई १९८२-मा जन्मिएका एण्डरसनले आफ्नो १८७औं टेस्ट म्याचमा यस उपलब्धिलाई हासिल गरे। यस उपलब्धिसम्म पुग्न मुरलीधरनलाई ११३ वटा टेस्ट म्याच लागेको थियो। यसरी वार्नले १४४ वटा टेस्टमा ७०० विकेट पूरा गरेका थिए। आँकड़ाको हिसाबले एण्डरसनलाई अधिक टेस्ट म्याच लागेको कुरा सही भए पनि कुनै पेस बलरको निम्ति यो गौरवको कुरा हो कारण पेस बलरहरूले चोट-आघातसँग जुझ्नु पर्छ। अहिले एण्डरसनको ७०० विकेटको नजिक कुनै पनि पेस बलर रहेका छैनन्। ईंग्ल्याण्डका अन्य एक पेस बलर तथा एण्डरसनका साथी स्टुअर्ट ब्रडको नाममा ६०४ टेस्ट विकेट रहेको छ। अहिले उनी शेन वार्नको टेस्ट क्रिकेटमा दोस्रो सर्वाधिक ७०८ विकेटको पनि नजिक रहेका छन्। टेस्ट क्रिकेटमा सर्वाधिक ८०० विकेट लिने रेकर्ड मुरलीधरनको नाममा रहेको छ। भारतका अनिल कुम्बलेको खातामा ६१९ विकेट रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement