सात्विक-चिरागको जोड़ी सेमिफाइनलमा, सिन्धू पराजित

IMG-20240309-WA0102.jpg

नयाँ दिल्ली: सात्विक साईराज रंकीरेड्डी र चिराग शेट्टीको शीर्ष वरीयता प्राप्त भारतीय जोड़ीले फ्रेञ्च ओपन सुपर ७५० ब्याडमिण्टन टुर्नामेण्टको सेमिफाइनलमा स्थान बनायो। यसबीच चार महिनापछि खेलमा फर्किने पीभी सिन्धू चाहिँ एक घण्टा ३२ मिनटसम्म चलेको म्याचमा टोक्यो ओलम्पिक च्याम्पियन चीनकी चेन यू फेई विरुद्ध पराजित भइन्। सात्विक-चिरागको जोड़ीले थाईल्याण्डका सुपाक जोमकोह र कित्तनुपांग केदरेनको जोड़ीलाई २१-१९, २१-१३-ले पराजित गऱ्यो। सेमिफाइनलमा भारतीय जोड़ीको भिड़न्त कांग मिन ह्यूक र सियो सियूंग जेईको तेस्रो वरीयता प्राप्त कोरियाई जोड़ीसँग हुनेछ। म्याचमा सात्विक-चिरागको शुरुवात चाहिँ खराब रहेको थियो अनि भारतीय जोड़ी शुरुमै १-६-ले पछाड़िएको थियो। त्यसपछि चाहिँ उनीहरूले असाधारण पुनरागमन गर्दै चाँड़ै १२-१२-को बराबरी हासिल गरे। अन्तमा भारतीय जोड़ीले २१-१९-ले पहिलो गेम जित्यो। त्यसपछि दोस्रो गेम जित्न चाहिँ भारतीय जोड़ीलाई कुनै असुविधा भएन।
यसबीच महिला एकलमा दोस्रो वरीयता प्राप्त चीनकी चेन यू फेई-ले सिन्धूलाई २४-२२, १७-२१, १८-२१-ले पराजित गरिन्। दिग्गज प्रकाश पादुकोण प्रशिक्षकको रूपमा सिन्धूसँग कोर्टमा उपस्थित थिए। मिचेल ली र बेईवान झांग विरुद्ध पनि प्रकाशको सल्लाहले सिन्धूलाई फाइदा भएको थियो। यसपाली पनि म्याच पहिलो दुईवटा म्याच झैं संघर्षपूर्ण रह्यो तर अन्तमा चीनकी खेलाड़ीले निर्णायक मौकाहरूमा पोइण्ट्स बटुलेर म्याच जितिन्। सिन्धूले अन्तिमपल्ट चेनलाई २०१९-को वर्ल्ड च्याम्पियनशीपमा पराजित गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement