सिङ्ताम: पश्चिम पाण्डाम निर्वाचन क्षेत्रान्तर्गत २० माइल बरदाङ, पूर्व सिक्किमस्थित श्री सेतीसिंह देवी मन्दिरमा पनि महाशिवरात्री पूजा भव्यताको साथमा आयोजित गरियो। यस पूजाको पुण्यावसरमा मार्च महिनाको मासिक भण्डारा पनि आयोजित गरियो। भण्डाराको सम्पूर्ण व्यवस्था सुम्बुक राईगाउँ, दार्जीलिङ निवासी इशारा राणाले गरेकी थिइन्। स्थानीय भक्तहरुसहित महाराष्ट्र, उत्तर प्रदेश, बिहार, डुवर्स एंव विभिन्न राज्यका भक्तजनहरुले महाशिवरात्रीको पूजा-अर्चना गरे।
About Author
Post Views: 29