‘अ वाक थ्रु मणिपुर’ विमोचन गरिने

IMG-20240308-WA0188

सालबारी: वरिष्ठ पत्रकार एवं लेखक विश्वजीत मन्नाद्वारा लिखित ‘अ वक थ्रु मणिपुर’ पुस्तकको औपचारिक विमोचन समारोह आइतबार १० मार्च २०२४ को दिन दिउँसो ३ बजे प्रकाशनगृह बुकएण्टको सालबारीस्थित कार्यालयमा सम्पन्न हुने भएको छ। इतिहासकार तथा यस पुस्तकका सम्पादक डा. सोनाम बी वाङ्ग्याल प्रमुख अतिथिको रुपमा उपस्थित रहनेछन्। कालेबुङका वरिष्ठ पत्रकार सन्दीप सी जैनले लेखक मन्नासँग सर्जक संवाद गर्ने भएको उक्त समारोहमा उत्तरबङ्ग संवादका प्रबन्ध निर्देशक प्रलयकान्ति चक्रवर्ती, मानार्थ क्याप्टेन हेमन्त कुमार सुब्बा (सेवानिवृत्त), वरिष्ठ पत्रकार एसबी ईश्वरण र राम सिंहासन महतो, उत्तरबंग संवादका समाचार सम्पादक अभिजित सिन्हा प्रमुख अतिथिका रूपमा रहनेछन्। यससाथै, सो अवसरमा पद्मश्री सम्मानित वैज्ञानिक डा. एकलव्य शर्मालाई संवर्द्धना जनाइने भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *