मङ्पु: आफ्नो जिन्दगीको बहुमूल्य समय सिन्कोना बगानको सेवामा अर्पण गरेर अन्तमा निर्देशालय अधिनस्थ मन्सोङ युनिटमा व्यवस्थापकको अभिभार सम्हालेपछि अवकाश ग्रहण गर्नुभएका एक कुशल अधिकारी अनि उमेरमा मङ्पु बाहेक विभिन्न क्षेत्रमा फूटबल खेलेर आफ्नो यश कमाउनुभएका व्यक्तित्व शिशिर कमार माल, चिनिने नाम: माल साहेबको निधन हिजो साँझ ८:४० बजे कोलकातामा भयो। यो दुःखद समाचारले विशेष गरेर उनको परिवार सहित सिन्कोना बगानमा उनीसित कार्यमा सम्बद्ध अधिकारी तथा कर्मचारीवर्गमा पनि शोकको लहर छाएको छ।
यही विषयलाई मध्य नजर राखेर आज अपरान्ह १:३० बजे सिन्कोना निर्देशालयको सिन्कोना हलमा निर्देशक डा. शामुएल राईको उपस्थितिमा माल साहेबको पुण्य आत्माले चीर शान्ति पाउन भनी २ मिनटको मौन धारण गरियो। यस शोक सभामा मेकानिजम ट्रेनिङमा भाग लिन आउनुभएका सिन्कोना निर्देशालय अधिनस्थ अधिकारीवर्ग प्रशिक्षकवर्गअनि विभिन्न युनिटबाट उपस्थित रहेका कर्मचारीवर्ग शोक सभामा पनि सरिक बनेका थिए। शोक सभालाई निर्देशालयका नेपाली अनुवादक दीप थापाले संचालन गरेका थिए।









