गान्तोक: आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउलाई ध्यानमा राख्दै मंगन जिल्लाका पोलिङ अधिकारीहरूलाई लिएर तेस्रो चरणको प्रशिक्षण कार्यक्रम आयोजना गरियो। मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको सभालाई सम्बोधन गर्दै जिल्लापाल हेम कुमार छेत्रीले पोलिङ अधिकारीहरूलाई यस प्रशिक्षण कार्यक्रम आयोजना गरिनुको महत्व माथि प्रकाश पार्दै चुनाउ प्रक्रियाबारेमा कसैलाई पनि शंका लागेको छ भने हटाउनु पर्ने आग्रह गरे।
जिल्लापाल छेत्रीले चुनाउ प्रक्रिया कार्यान्वयनमा पारदर्शिताका लागि कानूनलाई कडाइको साथ पालना गरी इमान्दारिता कायम राख्नुपर्ने विषयमा जोड दिए।










