मन्त्री खरेलले गरे प्रदर्शनी एवम बिक्रीको उदघाटन

IMG-20240308-WA0217.jpg

गान्तोक: राज्यका भवन तथा आवास विभाग मन्त्री सञ्जीत खरेलले आज राजधानीको एमजी मार्गमा सेल्फ हेल्प ग्रुपद्वारा तयार गरिएको उत्पादित बस्तुको प्रदर्शनी साथै बिक्रीको उदघाटन गरे। यस अवसरमा गान्तोक निर्वाचन क्षेत्रका विधायक वाइटी लेप्चा लगायत विभागका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। राज्यको शहरी विकास विभागद्वारा दिनदयाल अन्तोदय योजना, राष्ट्रयी शहरी जिविकोपार्जन मिशन अन्तगर्त यस कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले राज्य सरकार तृणमूलस्तरबाट नै आर्थिकरूपमा सबल बनाउनको निम्ति प्रतिवध्दता रहेको र सबैवर्गलाई समावेश गरिएको जानकारी गराए। प्रदर्शनी एवम बिक्रीले सेल्फ हेल्प ग्रुपलाई आफ्नो उत्पादित बस्तु बिक्री गर्नको निम्ति मञ्च प्रदान गर्दै आएको बताए। उनले स्थानीय कारीगर र उद्यमीहरूलाई सशक्तिकरणमा सहभागी हुन सबैलाई आग्रह गरे।

उनले सामूहिक र समृद्ध समाज निर्माणमा सहभागी र आयोजक दुवैको उत्साहको प्रशंसा गरे।

यस अवसरमा कूल ४५ वटा सेल्फ हेल्प ग्रुपले सहभागिता जनाएको र यो प्रदर्शनी एवम बिक्री कार्यक्रम एक सप्ताहसम्म निरन्तर चल्ने भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *