सडक दुर्घटना परि गम्भीर घाइते बनेका ग्याल्छेङ जाङ्मु तामाङलाई दिल्ली लगियो

IMG-20240308-WA0218.jpg

गान्तोक: गत ६ मार्चको दिन दक्षिण जिल्लाको माङलेमा सडक दुर्घटनामा परि गम्भीरपूमा घाइते बनेकी ग्याल्छेङ जाङ्मु तामाङलाई आज उपचारको निम्ति हेलिकप्टरको माध्यमद्वारा उपचारको निम्ति दिल्ली लगियो। दुर्घटनामा परि घाइते बनेकी तामाङ स्पाइनल भाँच्चिएको हुनाले गर्दा यहाँ उनको उपचार हुन नसकेपछि मुख्यमन्त्रीले दिल्ली पठाएका हुन्। उनी गत ६ मार्चदेखि मनिपाल अस्पतालमा उपचारधीन रहेका थिए, मनिपाल अस्पतालका चिकित्सकहरूको सुझाउ अनुसार उनलाई दिल्ली लानु पर्ने भएकोले मुख्यमन्त्रीले पश्चिम बंगालको बागडुग्रा हवाइ अड्डादेखि चाटर्ट प्लेनमा लगियो, यति मात्र नभएर उनलाई दिल्लीको बीएलके सुपर स्पेस्यालिटी अस्पतालमा सबै कुराको प्रबन्धन पनि गरिदिएका छन्। यसरी हवाइ जहाजको माध्यमद्वारा उपचारको निम्ति दिल्ली लगिएको घटना पहिलो नभएर पाँच वर्षको कार्यकालमा मुख्यमन्त्री तामाङले धेरैलाई यस प्रकारको सहयोग पुऱ्याउँदै आइरहेका छन्। आज उनलाई दिल्ली लैजानको निम्ति सबै कुराको प्रबन्ध गरिदिएकोमा पीडित परिवारले मुख्यमन्त्रीलाई धन्यवाद दिँदै आभार प्रकट गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *