असाधारण पुनरागमनको साथ सन्तोष ट्रफीको फाइनलमा पुग्यो गोवा

IMG-20240308-WA0192.jpg

गुवाहटी: गोवाले असाधारण पुनरागमन गर्दै रोमाञ्चक जीतको साथ सन्तोष ट्रफी फूटबल टुर्नामेण्टको फाइनलमा स्थान बनायो। शुक्रवार खेलिएको रोमाञ्चक सेमिफाइनलमा अन्तिम क्षणसम्म पनि पछि रहने गोवाले असाधारण पुनरागमन गर्दै २-१-ले जीत हासिल गरी १४औं पल्ट फाइनलमा प्रवेश गऱ्यो। म्याचमा नगंगबाम पाचा सिंहले मणिपुरलाई १८औं मिनटमा बढ़त दिलाए। त्यसपछि टीमले त्यस बढ़तलाई नब्बे मिनटको समाप्तिसम्म पनि कायम राख्दा सबैले मणिपुरको जीत तय ठानेका थिए तर नेसियो मारिस्टो फर्नाण्डीसले अन्तिम क्षणमा चमत्कारी प्रदर्शन गर्दै गोवालाई यादगार जीत दिलाए। फर्नाण्डीसले पहिला इञ्जुरी टाइमको छैटौं मिनटमा गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि फेरि ११६औं मिनटमा गोल गरी गोवालाई जीत दिलाए। फाइनलमा गोवाको सामना सर्विसेजको टीमसँग हुनेछ, जसले अन्य एउटा सेमिफाइनलमा मिजोरमलाई २-१-ले पराजित गऱ्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *