पाँचौं टेस्टमा भारतसँग २५५ रनको मजबूत बढ़त

IMG-20240308-WA0209.jpg

धर्मशाला: कप्तान रोहित शर्मा (१०३) र शुभमन गिल (११०)-को शतकको सहायताले पाँचौं तथा अन्तिम क्रिकेट टेस्ट म्याचमा भारतले ईंग्ल्याण्डमाथि चरम दबाउ सृष्टि गऱ्यो। ईंग्ल्याण्डले पहिलो ईनिंग्समा बनाएको २१८ रनको जवाफमा भारतले आफ्नो पहिलो ईनिंग्समा दोस्रो दिनको खेल समाप्त हुँदासम्म ८ विकेट गुमाएर ४७३ रन बनायो। भारतसँग अहिले पहिल ईनिंग्सको आधारमा २५५ रनको मजबूत बढ़त रहेको छ। यसरी ईंग्ल्याण्डमाथि ईनिंग्सको हारको खतरा रहेको छ। दोस्रो दिनको खेल समाप्त हुँदासम्म कुलदीप यादव २७ र जसप्रीत बुमराह १९ रनमा अविजित थिए। ईंग्ल्याण्डका बलरहरूमा शोएब बशीरले सर्वाधिक ४ विकेट लिए। टम हार्टलीको नाममा २ विकेट रह्यो।

शुक्रवार पहिल दिनको स्कोर १ विकेटमा १३५ रनदेखि अघि खेल्दै भारतलाई आज रोहित र गिलले असल शुरुवात दिलाए। रोहित र गिलले दोस्रो विकेटको निम्ति १७१ रनको पार्टनरशीप गरे। रोहित र गिल दुवैले सीरीजमा आ-आफ्नो दोस्रो शतक बनाए। कप्तान रोहितले १६२ बल खेलेर १३ वटा चौका र ३ वटा छक्काको साथ १०३ रन बनाए। यसरी गिलले १५० बल खेलेर १२ वटा चौका र ५ वटा छक्काको साथ ११० रन बनाए। रोहित र गिल आउट भएपछि पनि ईंग्ल्याण्डका बलरहरूले रिहाई पाएनन्। सरफराज खान र पदार्पण टेस्ट खेलिरहेका देवदत्त पडिक्कलले असल ब्याटिंग गर्दै चौथो विकेटको निम्ति ९७ रन योग गरे। पडिक्कलले १०३ बल खेलेर १० वटा चौका र एउटा छक्काको साथ ६५ रन बनाए। यसरी सरफराजले ८ वटा चौका र एउटा छक्काको साथ ६० बलमा ५६ रन बनाए। त्यसपछि रविन्द्र जडेजा र ध्रुव जुरेलले चाहिँ अधिक योगदान दिन सकेनन् अनि १५-१५ रन बनाएर आउट भए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *