चुनावको समयमा जनताको भावनासित चलखेलदेखि जनता सचेत रहनुुपर्छ: सुवास प्रधान

IMG-20240308-WA0186.jpg

खरसाङ: वर्तमान समय पहाड़ शान्तामय अवस्थामा छ अनि चुनाव आउनसाथ भावनामा बगाएर जनतालाई लट्टाउने चलखेल शुरु हुन्छ। तर चुनावको समयमा भावनामा बगाएर गरिने चलखेलदेखि जनता सचेत रहनु पर्ने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले एक भिडियो जारी गर्दै बताएका छन्। उनले चुनावको समयमा जनताको भावनालाई लिएर हुनेे चलखेलबाट अलग रहनु पर्ने आग्रह गर्दै हामी भावनामा होइन तर यथार्थमा रहेर अघि बढ़नु पर्ने हुन्छ कारण हामी १५ वर्षसम्म भावनामा बहेर केही भएन भनी बताएका छन्। उनले यस विषयमा भने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आफ्नो स्थापनाको छोटो समयमा नै जनताको लागि गरेको वाचाहरू पूरा गरेको छ। जनता अघि हामीले गरेका विकासका कार्यहरू छर्लङ्गै छन्।’ सुवास प्रधानले अघि भने, ‘पहाड़मा भएको गोर्खाल्याण्ड आन्दोलनमा सबैले साथ दिएकै हो। तर हरेक नेताले जनतालाई भावनामा जुबाएर आफु भने चौकी ताक्ने गरेको छ। गोर्खाल्याण्ड आन्दोलन सबै नै चौकीमा गएर अन्त्य भएको छ। आन्दोलन गर्न लगाएर जनतालाई अलपत्र पारेर नेता भने भागेर हराएको पनि इतिहास छ। तर भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले अलपत्र परेको जनतालाई साथ दिएर नढाँटीकन यथार्थको राजनीति गरेर सरकारसित मिलेर विकासको कार्यहरू गरिरहेका छन्। जनताको आशा अनुरुप अनित थापाले विभिन्न विकासमूलक कार्यहरू पनि गरिरहेका छन् अनि जनताले पनि भागोप्रमो पार्टीको केन्द्रीय अध्यक्ष अनित थापालाई साथ दिईरहेका छन्। अढाई वर्षको छोटो अवधिमा नै भागोप्रमो पार्टी पहाड़को जनताको लागि समर्पित भएर कार्य गरिरहेका छन्।’
उनले अझ भने, ‘भागोप्रमोले विगतको चुनावमा गरेको सबै वाचाहरू पूरा गरेको छ अनि कतिवटा विस्तारै पूरा गर्दै गईरहेका छन्। भागोप्रमो र अनित थापाले जनतालाई केवल आश्वासन मात्र दिएको छैन तर दिएको वाचाहरू पनि पूरा गर्दै गईरहेका छन्। आश्वासन मात्रै होइन तर काम पनि गरिरहेका छन्। त्यसैले पहाड़का जनताहरू चुनावको समयमा हुने चलखेलदेखि जोगिनु पर्ने हुन्छ।’
भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानको यो वक्तव्य तेतिबेला आएको छ जतिबेला देशको प्रधानमन्त्री नरेन्द्र मोदी सिलगढीमा जनतालाई सम्बोधन गर्नलाई आईरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनिएको सम्बोधन अघि भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले आफ्नो भिडियो जारी गरेर चुनावको समय जनताको भावनालाई लिएर हुने चलखेलदेखि सचेत रहनु पर्ने अनुरोध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement