सोनादा: रंगबुल ग्राम पञ्चायतमा रहेको ९ वटा वार्डहरूमा जम्मा ३० वटा विभिन्न विकासमूलक कार्यहरू शिलान्यास गरिएको छ। फिफ्टिन फाईनेन्सको सरकारी योजना अनुसार रंगबुल ग्राम पञ्चायतमा भएको 30 विभिन्न विकासमूलक कार्यहरूमध्ये पिउने पानी, बाटो, ड्रेन लगायत अन्य धेरै कार्यहरू रहेका छन्। उक्त शिलान्यास कार्यक्रम उक्त ग्राम पञ्चायतको अजम्बरी संघ सार्वजनिक भवनमा सम्पन्न भएको छ। रंगबुल ग्राम पञ्चायतको सचिव कमल लामाले सञ्चालन गरेको कार्यक्रममा रंगबुल ग्राम पञ्चायतको पञ्चायत प्रधान योजना सुब्बा, उप प्रधान फुर्बा डिकी शेर्पा, पञ्चायत समिति सदस्या याङ लमु शेर्पा, रंगबुल ग्राम पञ्चायतको ९ वटै वार्डहरूका ग्राम पञ्चायत सदस्यहरू साथै पञ्चायत क्षेत्रका विभिन्न समाजका प्रतिनिधिहरु पनि उपस्थित रहेका थिए। उक्त शिलान्यास कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै रंगबुल ग्राम पञ्चायतको सचिव कमल तामाङले हाम्रो ग्राम पञ्चायतको ९ वटा वार्डहरूमा जम्मा ३० वटा विभिन्न विकास योजनाहरूको शिलान्यास गरिएको बताएका छन्। उनले ३० विभिन्न विकासमूलक कार्यहरूमध्ये पिउने पानी, बाटो, ड्रेन लगायत अन्य धेरै कार्यहरू रहेको बताएका छन्। उनले विशेष गरी पहाड़मा २३ वर्षपछि पञ्चायत चुनाव त्यो पनि दुई स्तरीय पञ्चायत चुनाव भएर विभिन्न ग्राम पञ्चायतहरूमा विकास कार्यहरू भईरहेको बताएका छन्। उनले जनताले विकासका कार्यहरू पाईरहेका छन् जुन पारदर्शी रुपमा होस् भनेर यो कार्यहरूको शिलान्यास गरिएको बताएका छन्।










