गोर्खाल्याण्ड एक्टिभिस्ट समूहद्वारा गोर्खाल्याण्डको विषयमा जनतालाई सचेत गराउन दार्जिलिङको सडकमा पर्चा वितरण

IMG-20240308-WA0181.jpg

दार्जीलिङ: गोर्खाल्याण्ड एक्टिभिस्ट समूह नामक गैर राजनीतिक संस्थाले गोर्खाल्याण्डको विषयमा जनतालाई सचेत गराउन दार्जिलिङको सडकमा पर्चा वितरण गरेको छ। विशेष गरेर भोलि देशको प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी सिलगढी आएर जनसभालाई सम्बोधन गर्ने कार्यक्रमबीच आज गोर्खाल्याण्ड एक्टिभिस्ट समूहले दार्जीलिङको सड़कतिर गोर्खाल्याण्ड विषयमा मानिसहरूलाई सचेत गराउँदै पर्चाहरू वितरण गरेका छन्। उक्त सचेतनामूलक पर्चा वितरण कार्यलाई गोर्खाल्याण्ड एक्टिभिस्ट समूहका संयोजक किशोर प्रधानले अगुवाई गरेका थिए। उक्त वितरण भइरहेको पर्चामा गोर्खाल्याण्डको माग किन पूरा हुन सकेन र कसरी पूरा हुन्छ भन्ने विषय रहेको गोर्खाल्याण्ड एक्टिभिस्ट समूहको संयोजक किशोर प्रधानले बताएका छन्। उनले गोर्खाल्याण्डको आवाज सांसदले संसदमा उठाएर मात्रै पर्याप्त नभएर जनताले लोकतान्त्रिक रूपमा सडकमा लड्नुपर्ने बताएका छन्। यसका लागि आवश्यक पर्ने रकम पनि जनता आफैले थोरै भए पनि दान दिनु पर्नेमा जोड दिँदै उनले छुट्टै राज्यको माग गर्ने जनतालाई लडाइँमा सामेल हुन आग्रह गरेका छन्। प्रधानले चुनावमा प्रचार नगर्ने तर गोर्खाल्याण्डको मुद्दामा प्रचार प्रसारलाई निरन्तरता दिने पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement