खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको क्रिकेट बजारमा अवस्थित रामेश्वर शिवालय मन्दिरमा महाशिवरात्रीको अवसरमा पूजा अर्चना गरिएको छ। शिवरात्रीको अवसरमा उक्त शिवालय मन्दिरमा बिहानदेखि नै भक्तजनको भीड़ देखिएको थियो। बिहानदेखि मानिसहरू उपवासमा रहेर पूजा अर्चनासहित पानी चढाउने र रुद्री पाठमा सामेल भएको जानकारी प्राप्त भएको छ। उक्त रामेश्वर शिवालय मन्दिरमा शिवरात्री पूजाको लागि पण्डित निर्मल दाहाल र पण्डित राजेन गुरुजीको बाहुलीबाट पूजा अर्चनासहित हवन र रुद्री पाठ सम्पन्न गरिएको छ। यसै अवसरमा तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिरमा रहेको सुधार समितिको पुरानो कमिटीलाई विघटन गरेर नयाँ कमिटी गठन गरिएको छ। उक्त नयाँ कमिटीमा सभापति बिमल गुरुङ, सचिव बिनयकुमार छेत्री र कोषाध्यक्ष रमन थापा लगायत २१ जनाको कार्यकारिणी समिति गठन गरिएको छ।









