खोरीबारीमा चोरीको मामिलामा दुइजना पक्राउ

Screenshot_20240308_183835_Samsung-Internet.jpg

खोरीबारी: खोरीबारी पुलिसले हार्डवेयर दोकानमा भएको चोरीको मामिलामा २ जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा जगदीश बर्मन र दीपङ्कर बर्मन सामेल छन्। तिनीहरू दुवैजना गोसाईपुर निवासी हुन्। प्राप्त जानकारी अनुसार गत बुधवार केही बदमाशहरू खोरीबारीको एउटा हार्डवेयर दोकानमा पसेर १२ हजार रुपियाँ चोरी गरेको बताइएको छ। घटनाबारे दोकान मालिकले खोरीबारी थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले सीसीटीभी फुटेजको सहयोगमा नक्सलबारीको गोसाईपुरबाट दुइजना युवकलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार बदमाशहरूले चोरी गर्न प्रयोग गरेको बाइक सहित नगद ३००० रुपियाँ पनि उद्धार गरेको छ। खोरीबारी पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement