एम्ब्रोसिया सोनादा र मिरिक तीनधारेमा भईरहेको जीटीए स्तरीय क्रिकेट टुर्नामेन्टको फाईनलमा प्रवेस

photocollage_202438175024166.jpg

खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको जीटीए स्तरीय क्रिकेट टुर्नामेन्टको सेमी फाइनल खेल जितेर मिरिक र एम्ब्रोसिया सोनादा फाईनलमा प्रवेस गरेका छन्। नवज्योति संघ चुनभट्टीको आयोजनामा गत २७ फरवरीदेखि जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज पहिलो सेमी फाइनल खेल मिरिक र सिमलबारीमाझ सम्पन्न भएको छ। यस खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा मिरिकले १८६ रन बनाएका थिए। मिरिकको पक्षमा निलेस राईले सर्वाधिक ८८ रन र नेहाल राईले ५४ रन बनाएका थिए। १८७ को लक्ष्यलाई खेदो गर्दै सिमलबारीले निर्धारित पन्ध्र ओभरमा ९ विकेट गुमाएर १२६ रन मात्र बनाएको थियो। यसको साथै मिरिक फाईनलमा पुग्ने पहिलो टिम बनेको छ। यस खेलमा ४० बलमा ८८ रन बनाउने मिरिकको निलेस राई म्यान अफ् द म्याच चयन भएका छन्। उनलाई घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्य दिपेन्द्र तामाङको बाहुलीबाट पारितोषिक प्रदान गरिएको छ।
त्यसरी नै दोस्रो सेमी फाइनल खेल ग्लेनेरिज दार्जीलिङ र एम्ब्रोसिया सोनादामाझ सम्पन्न भएको थियो। यस खेलमा दार्जीलिङले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा ८ विकेट गुमाएर केवल ७६ रन मात्र बनाएको थियो। सोनादाको पक्षमा अरमान र अभिनयले २-२ अनि अमन गुरुङले १ विकेट लिएका थिए। टुर्नामेन्टको सबैभन्दा कम्ती लक्ष्यलाई खेदो गर्दै एम्ब्रोसिया सोनादाले केवल ९ ओभर २ बलमा नै लक्ष्य हाँसिल गरेर फाईनलमा प्रवेस गरेका छन्। सोनादाको पक्षमा ओपनर ब्याटर जनम गुरुङले नट आउट ४६ रन बनाएका थिए। उनले बलिङमा पनि १ विकेट लिएकोले यस खेलमा म्यान अफ् द म्याच चयन गरेर पञ्चायत समिति सदस्य एंव कर्माध्यक्ष साजन दर्जीको बाहुलीबाट पारितोषिक प्रदान गरिएको छ।

अब आगामी १७ मार्चको दिन हुने फाइनल खेल मिरिक र सोनादामाझ उपाधिको लागि सम्पन्न हुने भएको छ। आजको सेमी फाइनल खेल विषयमा पत्रकारहरूसित कुराकानी गर्दै नवज्योति संघको पक्षबाट रञ्जित थापाले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement