कोचबिहार: कोचबिहार शहरमा निर्माणाधीन घरबाट झुन्डिएको अवस्थामा अज्ञात व्यक्तिको लाश उद्धार भएको छ।यस घटनापछि इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार आज बिहान कोचबिहार जिल्ला परिषदको विपरीततर्फ एउटा निर्माणाधीन घरबाट झुन्डिएको अवस्थामा अज्ञात व्यक्तिको लाश उद्धार भएको छ। घटनाबारे पुलिसलाई खबर दिएपछि कोचबिहार कोतवाली थाना पुलिस घटनास्थलम पुगेर लाश उद्धार गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार सो व्यक्ति त्यहाँ कसरी आइपुग्यो भन्ने विषयमा सन्देह लागेको छ। व्यक्तिको पकेटबाट आधार कार्ड उद्धार भएको छ। आधार कार्ड अनुसार व्यक्ति असम निवासी रहेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।