मुसलधारे बर्षाले हेमिल्टनगञ्ज, जयगाउँ र हाँसीमाराको सड़कहरु जलमग्न

IMG-20220801-WA0167.jpg

कालचिनी। आईताबार रातीदेखि सोमबार दिनभरि ओईरिएको मुसलधारे बर्षाले गर्दा कालचिनी खण्डको हेमिल्टनगञ्जमा पाँचमोड़ क्षेत्र, सुभाषपल्ली र विवेकनगर कलोनीको बाटो साथै घर आँगनहरु जलमग्न भएको थियो।
धेरैको घरभित्र पानी पसेकोले आज दिनभरि नै भुक्तभोगी मानिसहरु अस्तव्यस्त देखिएको थियो।
अर्कोतिर हाँसीमाराको भोलानालामा आज भयावह रुपमा खोलाको उफान देखिएको थियो भने भोलानालाको पानी छछल्किएर हाँसीमारा चौपति र भर्नाबारी चियाबारीको जोन लाईनमा पस्नाले जम्मै बाटोघाटो हिलोले छ्यापछ्याप्ती भरिएको थियो।
उता जयगाउँमा पनि एनएस रोडमा खोला बगेकोले आज दिनभरि नै त्यहाँको जनजीवन प्रभावित बनेको थियो भने पानीले बर्मनपाड़ा र रामगाउँ क्षेत्रको मानिसहरुको घरहरु हिलो र पानीले भरिएको स्थानीय बासिन्दाहरुले जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement