वाहन अनियन्त्रित भएर पोखरीमा पल्टिदा दुइ जना घाइते

Accident-Rep-Image

राजगञ्ज: अनियन्त्रित भएर सडक किनारको पोखरीमा वाहन पल्टिदा दुइ जना घाइते भएका घटना सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको गन्डारमोड संलग्न इलाकामा घटेको हो। जानकारी अनुसार आज एउटा वाहन सिलगढीबाट जलपाईगढीतर्फ गइरहेको समय गन्डारमोड संलग्न इलाकामा वाहन अनियन्त्रित भएर सडक किनारको जलाशयमा पल्टिदा वाहनमा सवार २ जना घाइते भएको बताइएको छ। घाइतेहरूलाई उद्धार गरेर फुलबारीको एउटा गैर सरकारी अस्पतालमा पठाइएको छ। घटनाको खबर पाएर जलपाईमोड हाईवे ट्राफिक आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर गाडी उद्धार गरेर थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *