महिला दिवसमा मोदी सरकारको ठूलो उपहार, ग्यास सिलिन्डर सय रुपियाँसस्तो

PM-Modi-LPG-1200-2024-03-03e7d9f063d1e530af93b6897886b64f.jpg

नयाँ दिल्ली: ८ फरवरी शुक्रबार देशका महिलाहरुका लागि खुसीको खबर ल्याएको छ। ग्यास सिलिन्डरको मूल्यमा ठूलो गिरावट आएको छ। लोकसभा चुनावअघि अन्तर्राष्ट्रिय महिला दिवसमा प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका लागि ठूलो घोषणा गरेका छन् ।प्रधानमन्त्रीले आज आफ्नो एक्स ह्यान्डलमा पोष्ट गर्दै एलपी ग्यासको मूल्य घटाएको घोषणा गरेका हुन्। घोषणाअनुसार एलपी ग्यासको मूल्यमा एक सय रुपियाँ घटाइएको छ। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रधानमन्त्रीले महिला दिवसका अवसरमा सरकारले ग्यासको मूल्य एक सय रुपियाँ घटाउने निर्णय गरेको बताए। यो निर्णयले महिलामाथिको आर्थिक भार कम हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement